१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आज आइतबार, पशुपतिनाथको भेटी स्वरुप एक सेयर गदै हेर्नुहोस् तपाईको भाग्य र भविष्य

आज आइतबार, पशुपतिनाथको भेटी स्वरुप एक सेयर गदै हेर्नुहोस् तपाईको भाग्य र भविष्य
अ अ+ अ-

वि.सं.२०७६ साल वैशाख ०८ गते । आइतबार । इस्वी सन् २०१९ अप्रिल २१ तारिख । नेपाल संवत् ११३९ । काठमाडौँमा सूर्योदय ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३१ मिनेट । दिनमान ३२ घडी १७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)- समयको ख्याल नगर्दा वा साना तिना काममा अल्भेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ ।

लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाई लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)- पढाई लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।

बिहानको समय मध्यमय रहेकोले कुनै पनि प्रतिस्पर्धामा भागलिए अरूभन्दा पछि परिनेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)- बिहानको समय राम्रो रहेकोले पढाई सन्तान तथा आफन्तसँग आत्मीयता बढ्नेछ । पढाई लेखाइमा मन जानेछ । मध्यान्हबाट आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ ।

शत्रुहरूले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । तपाईँको कामबाट अरूले फाइदा लिन खोज्नेछन् । स्वास्थ्यमा सामान्य समस्या आई खर्च बढ्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)- अध्ययनमा मन जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । स्कुल,कलेज बैक तथा वित्तीय क्षेत्रबाट भनेजस्तो आम्दानी हुनेछ । आफूले मन पराएको मानिसबाट उपहार तथा विलासी बस्तु प्राप्त हुनेछ ।

व्यापार प्रशस्त आम्दानी हुनेछ भने नोकरीमा बढवा हुने योग रहेको छ । वंश वृद्धिको योगलाई नकार्न सकिँदैन । बिहानको समय मध्यमय रहेकोले राजनीतिमा समाजसेवामा समय खर्चिनेहरूका समय मध्यमय रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)- माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।

समाजसेवामा नाम कमाउन अलि बढिनै सङ्घर्ष गर्नु पर्नेछ । आफन्त तथा इष्टमित्र सँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)- बिहानको समय राम्रो रहेकोले व्यापारमा गरिने लगानी भविष्यको लागि आम्दानीको गतिलो स्रोत हुनेछ । अध्ययनबाट राम्रो नतिजा ल्याउन सकिनेछ । मध्यान्हबाट छोटो यात्रा भए पनि उपलब्धि कमै हुनेछ ।

माया प्रेममा अरूकै कुरा सुन्ने बानीले समस्या निम्तिन सक्छ । अग्रजबाट हुने फैसला तपाईँको तपाईँको पक्षमा नहुन सक्छ । दाजुभाइ सँग घरायसी कुरामा विवाद हुने ग्रहयोग रहेको छ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)- परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति हुनेछ।

नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेका ममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु)- अध्ययन तथा अध्यापनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ।

चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)- बिहानको समय राम्रो रहेकोले पारिवारिक आवश्यक्ताहरु परिपूर्ति गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट सामान्य स्वास्थ्य सम्बन्धी समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जाँगरमा कमी आउनेछ ।

अरूको भर पर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजग रहनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)- नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेष्ट धन आर्जन हुने ग्रह योग रहेको छ ।

नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति लाभ हुने गतिलो सम्भावना रहेको छ । बिहानको समय मध्यमय रहेकोले आफन्त तथा बुवा सरहका मानिससँग मनमुटाब सिर्जना हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)- उत्पादनमूलक क्षेत्रमा लगानी गरी प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ ।

मध्यान्हबाट समय मध्यमय रहेकोले खोज तथा अनुशन्धानके क्षेत्रमा भनेजस्तो नतिजा ल्याउन मुस्किल पर्नेछ प्रेममा मनमुटाब सिर्जना हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)- कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ ।

दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ हुनेछ । बिहानको समय मध्यमय रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।