१३ असार २०८३, शनिबार
,
Latest
सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नून’ पनि खाए भ्रष्टाचारीले !



अ+ अ-

काठमाडौं । दुुर्गम जिल्ला सहुलियतकमा वितरण गरिने नुनमा अनियमितता भएको पाइएको छ । नुन ढुवानी गर्दा समग्र जिल्लाको जनसंख्या उल्लेख गरेको भए पनि वितरण गर्ने डिपोले समेट्ने क्षेत्र र सोको जनसंख्या उल्लेख नगरी कोटाभन्दा बढी नुन वितरण गरेर अनियमिता गरेको महालेखा परीक्षकको कार्यलयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । साल्टट्रेडिङ कर्पोरेसनले दुर्गम तथा पहाडी जिल्लामा कोटा भन्दा बढी परिणाममा नुन वितरण गरी सो रकम दाखिन नगरेको पाइएकोे हो ।

कोटाभन्दा बढी परिणाममा नुन ढुवानी तथा बिक्री गरी ३ करोड १७ लाख अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । सम्बन्धित ढिपोको जनसंख्या नखेलेका कारण समग्र जिल्लाको जनसंख्याका आधारमा गणना गर्दा सात वटा जिल्लामा कोटाभन्दा बढी नुन वितरण गरी आर्थिक अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ । आजको कारोबार दैनिकमा यो समाचार छ ।