३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुर्पाले हानेर श्रीमतीको टाउको छिनाएको आरोपमा एक जना पक्राउ



अ+ अ-

ललितपुर । श्रीमतीसँग मनमुटाव भएपछि रिस थाम्न नसकेरपछि खुर्पाले हानेर टाउमा छिनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली घर भई गोदावरी नगरपालिका–१ बिशंखुनारायणको इँटा भट्टामा काम गर्ने ४२ वर्षीया जयबहादुर वाइवा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोको डीएसपी गौतम मिश्रका अनुसार मंगलबार बिहान करिब ५ः३० तिर उनले ४१ वर्षीया श्रीमती सुनमाया वाइवालाई खुर्पाले हानेर हत्या गरेका हुन् ।

मिश्रका अनुसार घर छेउको खोल्सामा भाग्दै गरेको अवस्थामा वाइवालाई पक्राउ गरेको हो।

सुनमाया वाइवा पनि सोही भट्टाको छाप्रोमा बस्दै आएका थिइन्। उनीहरूका ५ र २ वर्षका दुईवटा नानी छन्।

उनले श्रीमतीको घाँटीमा खुर्पाले हानेर छिनाएको प्रहरीले जनाएको छ। सुनमायाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ भने वाइवा सातदोबाटो प्रहरी वृत्तमा छन्।