२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुर्पाले हानेर श्रीमतीको टाउको छिनाएको आरोपमा एक जना पक्राउ



अ+ अ-

ललितपुर । श्रीमतीसँग मनमुटाव भएपछि रिस थाम्न नसकेरपछि खुर्पाले हानेर टाउमा छिनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली घर भई गोदावरी नगरपालिका–१ बिशंखुनारायणको इँटा भट्टामा काम गर्ने ४२ वर्षीया जयबहादुर वाइवा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोको डीएसपी गौतम मिश्रका अनुसार मंगलबार बिहान करिब ५ः३० तिर उनले ४१ वर्षीया श्रीमती सुनमाया वाइवालाई खुर्पाले हानेर हत्या गरेका हुन् ।

मिश्रका अनुसार घर छेउको खोल्सामा भाग्दै गरेको अवस्थामा वाइवालाई पक्राउ गरेको हो।

सुनमाया वाइवा पनि सोही भट्टाको छाप्रोमा बस्दै आएका थिइन्। उनीहरूका ५ र २ वर्षका दुईवटा नानी छन्।

उनले श्रीमतीको घाँटीमा खुर्पाले हानेर छिनाएको प्रहरीले जनाएको छ। सुनमायाको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ भने वाइवा सातदोबाटो प्रहरी वृत्तमा छन्।