१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सहरको फोहोर नदीमा फालिन्छ

सहरको फोहोर नदीमा फालिन्छ
अ अ+ अ-

बुटवल । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल फागुन २ गते बुटवलको सडक सरसफाइमा जुटे, नालीमै पसेर फोहोर टिपे । उनीसँगै सरकारी उच्च अधिकारी तथा बुटवल नगरपालिकाका मेयर–उपमेयरसहितको टोलीले बिहानभरि संकलन गरेको फोहोर तिनाउ नदीको किनारमा लगेर फालियो ।

प्रदेश स्थापनाको अवसर पारेर सरकारले फागुन २ गतेदेखि सफा र स्वस्थ प्रदेश अभियानको सुरु गरेको छ । तर प्रदेश मुकाममै फोहोर व्यवस्थापनको उचित प्रबन्ध हुन नसक्दा अभियानले सफलता हासिल गर्नेमा आशंका छ । नदीकिनारमा फोहोर फालिँदा तिनाउ, डन्डा, दानव, रोहिणी नदीमा प्रदूषण बढेको छ । बुटवल उपमहानगरपालिकाले दैनिक रूपमा जम्मा हुने ५४ टन फोहोर सुकुमबासी बस्तीनजिकैको तिनाउ नदीकिनारमा फ्याँक्ने गरेको छ ।

उपमहानगरले नदी प्रणालीलाई असर नगर्नेगरी ‘कन्ट्रोल्ड डम्पिङ’ गरेको दाबी गरे पनि हात्तीसुँडमा भने नदी बहाव क्षेत्रमै कुहिने–नकुहिने सबै प्रकृतिको फोहोर फालिन्छ । फोहोरले फैलिने दुर्गन्ध, झिँगा र लामखुट्टेका कारण सुकुमबासी बस्तीमा बसिनसक्नु हुन्छ । वर्षामा कुलो–नहरमार्फत प्लास्टिक तथा सिसाजन्य फोहोर किसानका खेतमा पुग्छ । त्यसले उत्पादन प्रणालीलाई नै असर गरिरहेको स्थानीय अगुवा किसानले बताएको नागरिक दैनिकमा खबर प्रकाशित छ ।