१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

संसदमा तीन करोडभन्दा बढी अनियमितता

संसदमा तीन करोडभन्दा बढी अनियमितता
अ अ+ अ-

काठमाडौं । संसद् सचिवालयका कर्मचारीहरूले आर्थिक कार्यविधिविपरीत प्रोत्साहन भत्ता लिएको पाइएको छ । संसद् कर्मचारीहरूले प्रोत्साहनस्वरूप ८० प्रतिशत भत्ता लिँदै आएकोमा अघिल्लो वर्ष सरकारले त्यसमा रोक लगाएको थियो ।
सरकारले त्यसमा रोक लगाएपछि आन्दोलित भएका कर्मचारीलाई संसद् सचिवालयले नियमविपरीत प्रोत्साहन भत्ता उपलब्ध गराएको पाइएको छ । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम १२३ मा कुनै पनि कार्यालयले थप सुविधा वृद्धि गरी आर्थिक दायित्व पर्ने निर्णय गर्दा अर्थ मन्त्रालयको पूर्वसहमति लिनुपर्ने व्यवस्था छ । तर, संसद् सचिवालयले अर्थमन्त्रालयसँग सहमति नै नलिई आफ्ना कर्मचारीलाई प्रोत्साहन भत्ता दिँदै आएको छ । कार्यालय समयभन्दा बढी काम गर्नुपर्ने भएकाले कर्मचारीहरूलाई प्रोत्साहन भत्ता दिनुपरेको संसद् सचिवालयले जनाएको छ ।

अर्थ मन्त्रालयले संसद् सचिवालयका कर्मचारीलाई ७ माघ २०७४ सम्मको प्रोत्साहन भत्ता वितरण गर्न सहमति प्रदान गरेको पाइएको छ । त्यसपछि अर्थ मन्त्रालयको सहमतिबिना नै सचिवालयले ८ माघ २०७४ पछि पनि प्रोत्साहन भत्ता दिँदै आएको पाइएको छ । अर्थमन्त्रालयको सहमतिबिना नै सचिवालयले २०७५ असार मसान्तसम्म प्रोत्साहन भत्ताबापत ३ करोड ६९ लाख १७ हजार रुपैयाँ उपलब्ध गराएको पाइएको छ । यसरी नियमविपरीत उपलब्ध गराएको प्रोत्साहन भत्ता सम्बन्धित कर्मचारीबाट असुल गर्नुपर्ने महालेखा परीक्षकको ५६औं प्रतिवेदनले आंैल्याएको छ ।
अघिल्लो वर्ष देखिएको ७ करोड ४० लाख ९० हजार बेरुजु रकम फछ्र्योट गर्नेतर्फ सचिवालयले कुनै पहल नगरेको पनि सो प्रतिवेदनले आंैल्याएको छ । आफूहरूले बेरुजु घटाउने विषयमा सचेत भएर लागेको संसद् सचिवालयका महासविच मनोहरप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार संसद्का कर्मचारीलाई दिइएको प्रोत्साहन भत्ता फिर्ता गराउनुपर्ने अवस्था आउनुले कार्यालय समयभन्दा बढी समय काम गर्ने कर्मचारीलाई ‘ओभर टाइम’को पैसा तिर्नुपर्ने संसद् सचिवालयलाई दबाब परेको छ ।

यसैगरी, सचिवालयले सार्वजनिक खरिद नियमावलीविपरीत २ करोड ९७ लाख रुपैयाँ मूल्यबराबरका मालसामान खरिद गरेको पाइएको छ भने बोलपत्र आह्वान नै नगरी विभिन्न मर्मत कार्य र मालसामान सिधै खरिद गरेको पाइएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ मा सार्वजनिक निकायले २० लाखभन्दा बढी लागत अनुमान भएको खरिद कार्य बोलपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था छ । नियमावलीमा भएको व्यवस्थाको पालना नगरेकाले त्यस्तो कामलाई निरुत्साहित गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले आंैल्याएको छ ।

संघीय संसद् सचिवालयको ७ करोड ४० लाख ९० हजार बेरुजू देखिएको छ । बेरुजु रकम फछ्र्योट हुन सक्ने प्रमाण कुनै नहुनुले ठूलो समस्या आएको महालेखाले औंल्याएको छ । त्यसमध्ये ३७ लाख ३ हजार रकम कर्मचारीले विभिन्न कामका लागि भन्दै पेस्की लगेको पाइएको छ । हरेक आर्थिक वर्षमा पेस्की रकम फछ्र्योट गर्नुपर्नेमा उक्त कार्य हुन नसकेको पाइएको छ । संसद् सचिवालयमा ३ करोड ३ लाख ४ हजार अनियमितता भएको महालेखाले औंल्याएको छ । राजधानी दैनिकबाट ।