१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

लोकतन्त्र दिवस विशेष : शहीद परिवारलाई पिडामाथी पिडा

लोकतन्त्र दिवस विशेष : शहीद परिवारलाई पिडामाथी पिडा
अ अ+ अ-

काठमाडौं । सुनसान बस्ती, पिँढीमा टोलाइरहेकी ७९ वर्षीया वृद्धा लाग्छ, उनी कसैको प्रतीक्षा गरिरहेकी छन् । उनी अर्थात् जनआन्दोलन २०६२/६३ का शहीद वासुदेव घिमिरेकी आमा चित्रकुमारी । चित्रकुमारी ३८ महिनादेखि ओछ्यान परेकी छन् । प्यारालाइसिसले गाँजेको उनको कम्मरमुनिको भाग चल्दैन । मकवानपुर मकवानपुरगढी गाँउपालिका–५ आमभन्ज्याङ ९कञ्चनथली० मा भूकम्पपछि निर्मित सानो घरको चौघेरा पनि डुल्ल सक्दिनन् उनी । शौचालय जानका लागि पनि सहयोग चाहिन्छ । शौचालय जानुपर्दा घरमा कोही हुन्नन्, कतिबेला कोही आइपुगेर सहयोग गर्लान् भनेर टोलाउँदै बाटो हेर्दै बस्छिन् उनी । शहीद दिवस आएपछि नेता आउँछन्, पत्रकार आउँछन्, पीडा बल्झाउँछन् । त्यसैले यस्ता व्यक्तिसँग झिँजो मान्छन् शहीद परिवार ।

‘भूकम्पले घर भत्कायो, दाताहरूले बनाइदिए, सानो चिटिक्कको घर छ । तर, त्यो घरमा शान्तिसँग बस्न सक्दिनँ, मन दिनदिनै कुँडिन्छ,’ उनले विस्तारै भनिन् । आर्थिक अभावकै कारण उपचारमा समस्या भएको उनले बताइन् । ‘परिवारले सकेको घरेलु औषधिमुलो गरे, तर प्यारालाइसिसबाट उठ्न सकिनँ म,’ उनले भनिन्, ‘मानसिक र शारीरिक पीडाले अब तंग्रन्छु जस्तो लाग्दैन ।’

लोकतन्त्र दिवस विशेष

घरभन्दा केही मिटर मात्रै तल पक्की सडक बनेको छ हालै मात्र । चित्रकुमारीलाई त्यो सडकसम्म पुग्न खुब रहर छ । उनी भन्छिन्, ‘मनले जाऊँजाऊँ भन्छ, उठेर जान खोज्छु तर लडेर घाउचोट लाग्यो ।’
शहीद परिवारको नाममा उपचारमा कतैबाट सुविधा नपाएको उनले बताइन् । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा पनि उनी सहभागी छैनन् ।बुढेसकालको ख्याउटे शरीरले दशनंग्रा खियाउँदै छन् ८० वर्षीय पिता कृष्णप्रसाद । भन्छन्, ‘बाँचुन्जेललाई खानै प¥यो, सकी नसकी पनि काम त गर्नै पर्यो । एक बिघा जग्गा छ, काम गर्ने जनशक्ति छैन । स्वास्थ्य कमजोर भएपछि सन्तानको बढी याद आउँछ,’ कृष्णप्रसादले भने ।

‘वर्षमा एक दिन धेरैले सम्झन्छन्, केही नेता तथा पत्रकार घरैमा आउँछन्, पीडा बल्झाएर जान्छन्,’ कृष्णप्रसादले भने ‘हामीलाई क्यै न क्यै, कहिले खुसी लाग्छ, कहिले दुःख लाग्छ ।’
उनीहरूले भोट माग्न आउने नेतालाई छोराको सालिक बनाइदिन माग गरे । सबैले बनाउने आश्वासन पनि दिए । चित्रकुमारी भन्छिन्, ‘२०७० सालमा नेता जयराम लामिछाने आएका थिए, उनलाई पनि सालिक बनाइदेऊ भनें, ५ सयको नोट दिएर गएका फर्केनन् ।’
कृष्णप्रसाद र चित्रकुमारीले छोरा वासुदेव गुमाएको १३ वर्ष बित्यो । त्यो पल उनीहरूको मानसपटलमा ताजै छ । ‘हामी आफ्नो बारीको काममा थियौं, काठमाडौको गोंगबुमा छोरालाई गोली लाग्यो रे भन्ने सुनें, पत्याइएन,’ कृष्णप्रसादले भने, ‘फोन हैन त्योबेला खबर ढिलो गरी आयो, पीडा बोकेर आयो ।’
लोकतन्त्र दिवस, शहीद दिवसजस्ता दिनमा मात्र छोरा वासुदेवको सम्झना गर्ने तर अघिपछि बेवास्ता गर्ने गरेको उनीहरू गुनासो गर्छन् ।

छोराको सपना पूरा हुन दलहरूले नै नदिएको बुझाइ छ उनको । ‘अहिले टोलटोलमै सरकार बने तर कुनै सरकारले हाम्रो छोराको माग पूरा गराएनन्,’ कृष्णप्रसादले भने, ‘यही व्यवस्था ल्याउन छोराले ज्यान दियो, यही सरकारले हामीलगायत कुनै जनताको कुरो सुनेजस्तो लाग्दैन ।’
लोकतन्त्रको दिनमा माल्यार्पण गरेर मात्रै शहीदको सपना पूरा नहुने बताउँछन् शहीद बासुदेवका दाजु शम्भु घिमिरे । ‘भाइको सम्झना र सम्मानका लागि वर्षमा एक दिन दिवस मनाएर बाँकी दिन बेवास्ता गरेको जस्तो लाग्छ,’ दाजु शम्भुले भने । शहीद पत्नी सुनिता छोरा सुवासका साथ काठमाडौं बस्छिन्, छोरा सुवासले यस वर्ष एसईईको परीक्षा दिएको र आफूहरूसँग वर्षमा एक÷दुईपटक मात्रै भेट हुने गरेको चित्रकुमारीले बताइन् ।

शहीद परिवारको जग्गामा स्मारक बनाउँदै गाउँपालिका मकवानपुरगढी गाउँपालिकाले शहीद वासुदेव घिमिरेको घरनजिकै शहीद परिवारकै जग्गामा स्मारक बनाउने काम सुरु गरेको छ । गाउँपालिकाले बजेट छुट्याएर उपभोक्तामार्फत स्मारक निर्माणका लागि काम गराइरहेको छ । दुई कठ्ठा क्षेत्रफलमा गाउँपालिकाले सभाहल निर्माण सम्पन्न गरिसकेको छ । शहीद वासुदेवको सालिक निर्माण गर्न पनि गाउँपालिकाको पहलमा शहीद वासुदेव स्मृति प्रतिष्ठान गठन गरेर काम अघि बढिरहेको छ । हाल उक्त क्षेत्रफलमा सभाहल, शौचालय निर्माण भइसकेको छ । आगामी वर्षमा बगैंचालगायतका संरचना निर्माण हुनेछन् ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले शहीद स्मारक बनाउन हरेक वर्ष बजेट छुट्याएर काम गराउने बताए । गाउँपालिकाले स्मारक बनाएर आफ्नो क्षेत्रको नमुना पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ स्मारक बनाउने लक्ष्य राखेको छ ।

परिचयपत्र समेत दिएनन्

दोस्रो जनआन्दोलनका क्रममा काठमाडौंमा छोरो वासुदेव घिमिरेको ज्यान गयो । ऊ मकवानपुरमा १० कक्षामा पढ्दै गर्दादेखि नै नेपाली कांग्रेस निकट रहेको थियो । पार्टीमा लाग्दालाग्दै काठमाडौंको कलंकीमा फर्निचर दोकान गर्दै थियो । मेरो कान्छा छोरो वासुदेवलाई जनआन्दोलन २०६२÷६३ मा कलंकीमा गोली लाग्यो । उसलाई २०६३ वैशाख ७ गते गोली लागेको थियो । उसले देशका लागि बलिदान दियो । हामीले ८ गते खबर पायौं । छोरो बितेको खबर थाहा पाएपछि हामी मुर्छा भयौं । हामी काठमाडौं पुुगुन्जेल मृत्यु भइसकेको रहेछ । त्यसपछि बुहारी सुनिता र नाति सुवाससहित शवलाई हेटौंडा ल्यायौं । उसले आमभन्ज्याङमा पढेको स्कुलमा सबै दलका नेताहरू भेला भएर श्रद्धाञ्जली सभा गरे । त्यसपछि बुहारी सुनिताले नै म र आमा चित्रकुमार घिमिरेलाई पाल्छु भनेर काठमाडौं लगिन् ।
काठमाडौंमा अलिदिन बसेपछि सुनिता बुहारीले घर जाऊँ भनेपछि घर फर्कियांै । त्यहाँदेखि अहिलेसम्म बुहारीबाट कुनै चासो देखाएको पाएका छैनांै । बुढेसकालको सहारा छोरोको मृत्यु भएपछि हामी बेसहारा भयौं । अब त जीवन बाँच्न पनि गाह्रो भो । केही गर्न सक्दिनँ । २०५९ सालमा अलिअलि भएको जग्गाजमिन खोलाले बगायो । अहिले पाखोबारी छ । त्यो पनि उब्जनी छैन । काम गर्न सकिएको छैन । सरकारले शहीद हुँदा १० लाख दिएको थियो तर त्यो बुहारीले नै लगिन् । हामी बुढाबुढीले केही पनि पाएनौं । अहिले श्रीमती प्यारालाइसिस भएर थाला परेको तीन वर्ष नाघ्यो । उपचार पाएकी छैन, हामीले केही मागेका छैनांै, शहीद परिवार हो भन्ने परिचयपत्र मागेको त्यो पनि पाएका छैनौं । मलाई पनि सात वर्षदेखि छाति दुख्ने, पेट दुख्ने, सुगर, प्रेसर रोग छ । सामान्य उपचारका लागि पैसा माग्छन् । मैले शहीद पिता हुँ भन्दा परिचयपत्र माग्छन् तर मलाई प्रशासनले परिचयपत्र दिएको छैन । धेरैपटक मागें मैले परिचयपत्र पाउन सकिनँ ।

अहिले त माग्नै छोडें, त्यो प्रशासन कति धाउने । बिरामी परेर थला परिसक्यौं, कुनै सहयोग पाएका छैनौं । सबै नेता तथा मन्त्रीहरूलाई आफ्नो गुनासो राखें तर फोस्रो आश्वासन मात्र पाएँ । मसँग शहीदको बुबा भन्ने कुनै आधार छैन । कतै कुनै सेवा लिनुप¥यो भने आधार खोज्छन् । तर मसँग लिखित प्रमाण छैन । कहीँकतैबाट सरकारी सेवा र पाउनुपर्ने छुटसमेत पाएको छैन । सरकारले परिचयपत्र बनाइदिए केही राहत पुग्थ्यो । शहीदको बाबु हुँ अरू केही मागेको छैन सिर्फ परिचयपत्र माग्दा पनि पाइएन । राजधानीबाट ।