१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

विवादमा तानिए क्याप्टेन लामा,७ दिने स्पष्टीकरण

विवादमा तानिए क्याप्टेन लामा,७ दिने स्पष्टीकरण
अ अ+ अ-

काठमाडौँ । पाइलटलगायत उड्डययनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई आफ्नो इजाजतपत्र खारेज गर्नु चुनौती दिने नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामालाई ७ दिने स्पष्टीकरण सोधिएको छ । एक अनलाइन टिभीमा पाइलट लामाले ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले गत बुधबार ७ दिने स्पष्टीकरण सोधेको हो ।

चैत १९ गते राति भएको निगमको दुबई उडान रद्दबारे पाइलट लामाले यूट्युब च्यानलमा बोलेको विषयलाई स्पष्टीकरण पत्रमा सोधिएको हो। पेसाले जहाज उडाउने नेपाल वायुसेवा निगमका प्रवक्ता लामाले उक्त अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेका छन्।

विमान उडाउने मुख्य जिम्मेवारी रहने पाइलटले नै आफू तनावमा हुने गरेका लगायतका मानसिक र शारीरिक समस्याबारे व्यक्त गरेकाले उनलाई स्पष्टीकरण सोधेको विभागले जनाएको छ। स्पष्टीकरण पत्र लेख्ने विभागका वरिष्ठ उडान सञ्चालक निरीक्षक बिएम अमात्यले लामाको अन्तर्वार्ता हेरेपछि ुत्यस्तो अवस्थामा सयौं यात्रु बोकेर जहाज उडाउन मिल्छरुु भनेर लामालाई सोधेको छन्। निगमबाटै अवकाशप्राप्त पाइलट अमात्यले लामाले स्वःघोषणा गरेकाले उनलाई जहाज उडाउन दिनु खतरा रहेको बताए।

‘यदी पाइलट नै मानसिक वा शारीरिक तनावमा रहेको सार्वजनिक गर्छ भने तत्काल कम्पनीले ग्राउन्डेड गरेर मेडिकल जाँच गर्नुपर्ने हुन्छ,’ विभागका एक उच्च अधिकारीले भने, तर, लामा कार्यरत निगम व्यवस्थापनले तत्काल ग्राउन्डेड गर्दैन भने त्यो उडान सुरक्षामा झन् ठूलो लापरबाही हो। यता बबरमहलस्थित प्राधिकरणले लामाको पत्र पाइसकेपछि उनलाई मेडिकल चेक गराउने जनाएको छ। ‘आक्रोशित मुद्रामा नियमनकारी निकायलाई मात्रै होइन, प्रधानमन्त्रीलाई पनि गुहार माग्नु भनेको लामामा स्वस्थ्य समस्या रहेको देखिन्छ,’ ती वरिष्ठ अधिकारीले भने।

उनका अनुसार, संसारभर लाइन पाइलटहरुको स्वास्थ्य तथा मानसिक अवस्थालाई असर पर्ने भएकाले प्रवक्तालगायत अति संवेदनशील व्यवस्थापकीय भूमिकामा दोहोरो जिम्मेवारी दिने प्रचलन हुँदैन। ‘एक्टीभ लाइन पाइलट फूलटाइम उडानमा रहने भएकाले उनलाई प्रवक्ताको जिम्मेवारी दिनु बेठीक देखिन्छ।’ कान्तिपुरबाट ।