६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरा बस दुर्घटना : मृत्यु हुने पाँचै जनाको सनाखत भयो



अ+ अ-

डडेल्धुरा । धनगढीबाट बझाङ जाँदै गरेको यात्रु बहाक बस डडेल्धुराको साहुखर्कमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान बिहान ५ बजेतिर ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गापा १ साहुखर्कमा दुर्घटनामा हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्यूका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, सोही ठाउँकी ५५ वर्षीय कल्सीदेवि गुरधामी, हरुली बोहरा, र २५ वर्षीय भारतीय नागरिक मोहोमद नासिर र तल्कोट–४ का ४४ वर्षीय धनबहादुर घर्ती रहेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

दुर्घटनामा परी ३४ घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

डडेल्धुरा अस्पतालले उनीहरुलाई जिल्ला बाहिर पठाएको छ। रेफर हुनेमा थलरा–३ बझाङका धनबहादुर चौहान, मष्टा–१ का २२ वर्षीय विनोद थापा र गोदावरी नगरपालिका–१० का रमेश चौधरी रहेको अस्पतालले जनाएको छ।

बस सडकबाट ६० मिटर तल खसेको जनाइएको छ। ओभर लोड भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।