२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोलिटब्युरो चयनको गृहकार्य: प्रचण्ड सकसमा, ओलीलाई राहत



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाको जिल्ला एकीकरण टुंगिएलगतै पोलिटब्युरो तहको एकता अघि बढाएको छ। तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्युरो चयनको गृहकार्य अघि बढाएका हुन्।

केन्द्रीय कमिटीको एक तिहाइ रहने गरी पोलिटब्युरो कमिटी गठन हुने नेकपा विधानमा व्यवस्था छ। चार सय ४१ जना केन्द्रीय समितिबाट एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुनेछ।

केन्द्रीय समितिमा दुबै पूर्वसमूहबाट समावेश भएकामध्ये वरिष्ठलाई आधार मानेर पोलिटब्युरो बनाउने नेताहरुबीच सहमति छ। पूर्व एमालेलाई ८१ र पूर्व माओवादीलाइई ६६ जना पोलिटब्युरो सदस्य भागबण्डामा परेको छ।

पूर्व एमालेमा ६५ जनासम्मको पोलिटब्युरो रहेकाले उनीहरुमध्येबाट चयन गर्ने र बाँकीको हकमा दुई पटक केन्द्रीय सदस्य भइसकेकाबाट वरिष्ठतालाई हेरेर चयन गर्ने समझदारी भइसकेको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।