१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प गएको चार वर्ष : आधा घर मात्रै पुनर्निर्माण



अ+ अ-

काठमाडौं । भूकम्पले भत्काएका मध्ये आधा घर पुनर्निर्माण भएका छैनन्। भत्किएका घरको पुनर्निर्माण नहुँदा भूकम्पपीडित टहरामै छन्। सरकारले निजी आवासलाई प्राथमिकता दिएको भन्न छाडेको छैन। भूकम्प गएको चार वर्ष भइसक्दा ८ हजार ३ सय २६ परिवारले मात्रै घर निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन्।

०७२ वैशाख १२ को भूकम्पबाट ८ लाख २४ हजार ४ सय ५२ घर क्षति भएका थिए। ७ लाख ६२ हजार ३ सय ७ लाभग्राहीले अनुदान सम्झौता गरे। सम्झौतामध्ये ५० प्रतिशत घर निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिए। ३ लाख ८२ हजार २ सय ७७ घर परिवारले घर पुुनर्निर्माण सकाएका छन्। उनीहरू नयाँ घर प्रवेश गरिसकेका छन्। ३० प्रतिशत ९२ लाख ३० हजार ६५८० घर पुनर्निर्माण क्रममा छन्। जोखिमयुक्त बस्ती ४ हजार घरपरिवारमध्ये आधाजतिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

काठमाडौं वरपरका १४ जिल्ला भूकम्पबाट अति प्रभावित भएका थिए भने १८ जिल्ला कम प्रभावित सूचीमा छन्। प्राधिकरणले पुनर्निर्माण सन्तोषजनक रहेको दाबी गर्दै आएको छ। घर तथा सम्पदाको मौलिकता, संस्कृति, परम्परा जोगाउन रेट्रोफिटिङ गरिए पनि सफल हुन सकेको छैन। सम्पदा पुनर्निर्माण सुस्त छ। विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माण पनि सोचेजस्तो हुन सकेको छैन। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।