६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनी मिल बन्द, एक रुपियाँ पनि पाएनन् किसानले



अ+ अ-
Tully sugar mill

सर्लाही । उखु खरिद गरेको पैसा भुक्तानी नगरी सर्लाहीका चिनी मिल यो सिजनका लागि बन्द भएका छन् । मिल बन्द भएपछि जिल्लाको दक्षिणी भेगका किसान निराश छन् ।

स्थानीय अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम वैशाख ३ गते र महालक्ष्मी चिनी उद्योग बगदह वैशाख ६ गते यो वर्षको उखु पेलि सकेर बन्द भएका हुन् । अन्नपूर्णले नौ लाख सात हजार ६९२ क्विन्टल र महालक्ष्मीले ११ लाख २७ हजार ३९५ क्विन्टल उखु पेलेका छन् । यी दुवै उद्योगले यस वर्ष किसानलाई एक रुपियाँ पनि भुक्तानी गरेका छैनन् ।

क्रसिङ सिजन बन्द गर्ने अन्तिम सूचना निकालेको उत्तरी भेगको पूर्व–पश्चिम राजमार्ग्स्थित इन्दुशङ्कर चिनी उद्योग हरिवनले हालसम्म ३४ लाख ७० हजार क्विन्टल उखु पेलेको छ । यो उद्योग पनि दुई–चार दिन सञ्चालन गरेर बन्द गर्ने तयारी छ ।

माघ पहिलो सातादेखि उखु पेल्न सुरु गरेको इन्दुशङ्करले किसानलाई माघभरको झण्डै ४५ करोड आठ लाख रुपियाँ भुक्तानी गरेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिएको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ । ।