१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

भद्रगोल कांग्रेस : केन्द्रदेखि प्रदेशसम्म सयौ विभाग रित्तै

भद्रगोल कांग्रेस : केन्द्रदेखि प्रदेशसम्म सयौ विभाग रित्तै
अ अ+ अ-

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १३औं महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभागलाई नेतृत्वविहीन अवस्थामा राखेको छ । कांग्रेसको २० देखि २३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो ।

महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत कांग्रेसले रिक्त रहेका विभागलाई पूर्णता दिन सकेको छैन । विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि प्रदेशसम्मका नेताहरू जिम्मेवारीबाट फुर्सदिलासमेत छन् । कांग्रेस विधानमा केन्द्रमा २८ र प्रत्येक प्रदेशमा २२ गरी कुल १८२ विभाग रहने व्यवस्था छ ।

यस्तै, कांग्रेसले गत ८ पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकबाट पार्टीको विधानलाई टुंगो लगाएर गत १२ फागुनमा बसेको पार्टी केन्द्रीय समिति बैठकबाट अन्तिम रूप दिए पनि व्यवहारमा भने विधान कार्यान्वयनको अवस्थामा गएको छैन । विधान कार्यान्वयन नहुँदा प्रदेश संरचनादेखि स्थानीय तहसम्मको कांग्रेसको संरचनाका विषयमा समेत केन्द्रदेखि स्थानीय तहसम्मका नेता अलमलमा रहँदै आएका छन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले भने पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलासँग कुराकानी गरिरहेको बताए । उनले पार्टीभित्रको भागबन्डाको राजनीतिका कारण विभाग गठनमा ढिलाइ भएको भन्दै छिटै रिक्त विभागलाई पूर्णता दिने विषयमा सभापति लागेको जानकारी दिए ।
‘विभाग गठनका विषयमा सभापतिज्यूले वरिष्ठ नेता पौडेल र सिटौलाजीसँग कुराकानी गरिरहनुभएको छ, हरेक विषयमा भागबन्डाभन्दा कुरा नमिलेको हो, जतिसक्दो छिटो रिक्त विभागलाई पूर्णता दिन सभापति ज्यू लाग्नुभएको छ,’ उपसभापति निधिले । आजको राजधानी दैनिकमा खबर छ ।