१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

खानेपानीमा भेटियो कोलिफर्म

खानेपानीमा भेटियो कोलिफर्म
अ अ+ अ-

काठमाडौं । दुषित पानीले सय भन्दा बढी बिरामी परेको गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटको पिउने पानीमा कोलिफर्म भएको पुष्टि भएको छ । पानी दुषित भएर फैलिएको झाडा पखला शनिबारसम्म नियन्त्रणमा आएको छैन ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीमार्फत पाल्पामा गरिएको परीक्षणमा दजाकोटमा खानेपानीमा कोलिफर्म भएको पुष्टि भएको इन्जिनियर प्रकाश न्यौपानेले बताए । पहिलो दिनको एक सय मिलिलिटर खानेपानी परिक्षण गर्दा एक सय ४० नम्वर कोलिफर्म भेटिएको जानकारी दिए ।

‘विश्व स्वास्थ्य सगंठनका अनुसार खानेपानीमा कोलिफर्मको संख्या शून्य हुनुपर्छ,’ उनले भने, ‘कोलिफर्म मानिस वा जनावरको भन्ने टुंगो लागेको छैन ।’ दुषित खानेपानीका कारण शनिबारसम्म दजाकोटमा एक सय ६० जना बिरामी भइसकेका छन् ।

८ वैशाखबाट सुरु झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । बिरामीमध्ये अधिकाशंमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको मुसिकोटका स्वास्थ्य संयोजक डिबि जिसीले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ ।