• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

सामान्य विवादमा कोदालो प्रहार गरी बाबुको हत्या



धनकुटा । सामान्य विवादमा आवेशमा आएर कोदालो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका ४ पिप्लेका ५५ वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।

उनलाई आफ्नै १४ वर्षीय छोरा विज्ञान राईले शनिबार राति कोदालो प्रहार गरी हत्या गरेको प्रहरी चौकी आँखिसल्लाका इन्चार्ज चुडामणि प्रधानले जानकारी दिए ।

घटना लगत्तै प्रहरी टोलीले राति नै अभियुक्तलाई घरबाट पक्राउ गरेको जनाइएको छ ।