३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान्य विवादमा कोदालो प्रहार गरी बाबुको हत्या



अ+ अ-

धनकुटा । सामान्य विवादमा आवेशमा आएर कोदालो प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका ४ पिप्लेका ५५ वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।

उनलाई आफ्नै १४ वर्षीय छोरा विज्ञान राईले शनिबार राति कोदालो प्रहार गरी हत्या गरेको प्रहरी चौकी आँखिसल्लाका इन्चार्ज चुडामणि प्रधानले जानकारी दिए ।

घटना लगत्तै प्रहरी टोलीले राति नै अभियुक्तलाई घरबाट पक्राउ गरेको जनाइएको छ ।