१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

पुरानो बसपार्क र खुलामञ्चको कथा : भूमाफिया र भ्रष्ट नेताको यस्तो छ प्रपंन्च

पुरानो बसपार्क र खुलामञ्चको कथा : भूमाफिया र भ्रष्ट नेताको यस्तो छ प्रपंन्च
अ अ+ अ-

काठमाडौंको बागबजार स्थित पुरानो बसपार्क नेपालको सबै भन्दा जेठो बसपार्क हो । यो बसपार्कबाट पहिला नेपालको पुर्ब पश्चिम तिर जाने बसहरु चल्ने गर्दथे । पछि बालाजुमा नयाँ बसपार्क बने पछि त्यताका बसहरु बालाजु तिरै सरे । यता पुरानो बसपार्कबाट अरनिको हाईवे अन्तर्गत चल्ने बसहरु र काठमाडौं उपत्यका भित्र चल्ने ठुला साना सार्बजानिक सवारीहरु मात्र चल्न थाले ।

पुरानो बसपार्क भित्र सटर र टहरा गरेर करिब २०० वटा पसलहरु सन्चालित थिए, साथै महानगरको कर डिपो, तत्कालिन ३१ नं वडा कार्यालय र सामुदायिक प्रहरीका कार्यालयहरु थिए । काठमाडौं महानगरले यहाँबाट आफ्नै कर्मचारी मार्फत भाडा र सवारी शुल्क गरि मासिक रु. १० लाख उठाउने गरेको थियो । यसको ब्यवस्थापन सुधार्न बेला बेलामा त्यहांका ब्यापारीहरु, महानगर, प्रहरी र ट्राफिक प्रहरी हरु मिल्थे र सुधार कार्य गर्थे ।

काठमाडौं महानगरमा बनेका प्राय आकाशे पुलहरुको ठेक्का मनोज भेटवाल नामका ठेकेदारले पाएपछी महानगरका हाकिमहरु यिनको सम्बन्ध नङ्ग मासुको जस्तो हुन थाल्यो । पुलका काम सकिसके पछि भेटवाल फुर्सदिला भए । उनको दैनिक आवतजवात र उठबस काठमाडौं महानगरपालिकाको कार्यालयमा हुन थाल्यो । यो कुरा त्यहाँ पुग्ने प्राय सेवाग्राहिले देख्ने गर्दथे ।

यस्तो लाग्दथ्यो मानौ, उनी त्यहिँ जन्मिएका हुन र उनलाई रोजगार दिईरहने सम्पुर्ण जिम्मेवारी कामनपाको हो । त्यही बस्ने क्रमका पुरानो बसपार्क उडाउने डिजाईन बन्यो ।जनप्रतिनिधी नभएको र सरकार कमजोर रहेको अबस्थामा चलखेल शुरु भयो । भ्रष्ट हाकिमहरु र माफियाको मिलेमतोमा पुरानो बसपार्क सिध्याउने प्रपंन्च २०६८ तिरै शुरु भएको रहेछ ।

अनुकुन परिस्थिती आएपछी उडाउने योजना बनेछ र २०७१ को सार्क सम्मेलनको बहाना गरेर बिरोध जनाउन सक्ने व्यापारीहरु भएपट्टी सामान सम्म निकाल्न नदिइकन डोजर लगाएर मिल्काउने काम भयो । लाग्दथ्यो, त्यहाँ बस्ने व्यापारीहरु अपराधी हुन र उनिहरुले राज्य बिरुद्द ठूलो अपराध गरेका छन् ।

सुवासचन्द्र खत्रि

काठमाडौं महानगरले आफै भाडा उठाएर राखेका व्यापारीहरुलाई यस्तो निच व्यवहार गर्यो जुन सैह्य थिएन । सयौंलाई एकै चोटि बेरोजगार बनाएर करोडौको नोक्सानी गर्यो, नकुनै क्षतिपुर्ती नकुनै लिखित निर्देशन । एउटा माफियाको लागि पुरै राज्यसंयन्त्रको दुरुपयोग गरेर जनताको सम्पती र भबिष्य बिचल्ली बनाएको नराम्रो संग देख्नु पर्यो, भोग्नुपर्यो ।

पुरानो बसपार्क हटाउदा बखत महानगरका केही हाकिमहरुको ताउर माउर देख्दा लाग्थ्यो कि, यो नै उनिहरुको जिन्दगीको अन्तिम लक्ष्य हो । यति नगरे उनिहरुले मोक्ष पाउदैन थिए जस्तो गरि उनिहरु लागेका थिए । सुनिन्थ्यो, उनिहरुलाई त्यहाँ शेयर र गाडीको प्रलोभन थियो ।

अरबौंको योजनामा कमिशन कति थियो होला ? दुई तीनजना हाकिमअरुबाट शुरु भएको पुरानो बसपार्क हटाउने योजना देशका सबै दलका शिर्षस्थ नेतासम्म पुग्यो । भेटवालले सबैको साथ पाए । फाइल अख्यिार पुग्यो, क्लिन चिट पायो । पछि संसदको सार्वजनिक लेखा समिती पुग्यो, ८–९ महिना हल्लाएर तत्कालिन सभापतिले समितिको बैठक नै नराखी बनाउन पाउने पत्र दिएछन् ।

अर्को ऐतिहासिक स्थान पनि मासियो । टुलुटुलु हेरेर बस्नुको बिकल्प थिएन । कोहि चुइक्क बोलेनन् ।

यति भएपछी त्यहाँ ओहोरदोहोर गर्न केहि सभासदसम्म ज्यान फ्यालेर लागे । अचम्मै देख्नु पर्यो, राज्यको सम्पती मास्न पुरै राज्यसंयन्त्र र दल लागे । हामी जाबो जनताले के नै गर्न सक्थ्यौ र ? तै पनि केहि हुन्छ कि भनेर यो मुद्दा हामीले संसदको बिकास समितिमा पुर्यायौं, त्यहां पनि महानगरका हाकिमहरुकै कुरा ठुला भए । बिल्डिङ्गको कुराले खासै महत्व पाएन, बरु त्यहांबाट बिस्थापित ब्यापारीलाई ब्यबस्थापन गर्ने र त्यहाँको अवस्था के छ बुझ्ने भनेर उपसमिती बन्यो तर उपसमितिले कामै गरेन । हामीले पटक पटक सम्झायौ, काम भएन । अन्तिममा तत्कालिन शभापतिबाट यो कुरा मेरो बसमा छैन म केही गर्न सक्दिन भन्ने जबाफ आयो । त्यसपछी अब सकिएन भनेर हामी चुप लागेर बस्यौं ।

पुरानो बसपार्कमा २१ तल्ले बिल्डिङ्ग बन्ने डिजाईन थियो । तर यसको बाताबरणिय प्रभाब मुल्यांकन चाहिँ गरिएको छैन भन्ने सुनिएको थियो । अहिले सम्म त सबै मिलाईसके होलान । धेरै कारणले पुरानो बसपार्कमा त्यति ठूलो बिल्डिङ्ग बन्नु उपयुक्त थिएन ।

१. बाताबरणिय कारण २१ तल्ले डिजाइनमा तीन तला अण्डरग्राउण्ड थियो । त्यति तल जाँदा बागबजार एरियाको पानी सबै सुक्ने सम्भाबना थियो । त्यति बाक्लो बस्ती भएको ठाउमा जमिनमुनीको पानी महत्वपुर्ण थियो ।

२. सुरक्षाको कारण (क) पुरानो बसपार्कको वरिपरि सबै सुरक्षा निकायका मुख्य कार्यालयहरु छन, रानीपोखरी (प्रहरी आयुक्तको कार्यलय, भद्रकाली) नेपाली सेनाको हेडक्वार्टर । साथै देशको प्रमुख प्रशाशकिय स्थान सिंहदरबार नाकैमा छ । यी सबै कुराको बेवास्था गरियो । राज्यका सबै संयन्त्र मिले पछि जस्तोसुकै अपराध पनि गर्दा रहेछन भन्ने गतिलो प्रमाण हो यो ।

लग्गतै २०७२ मा बिनाशकारी भुकम्प गयो । बागबजार एरियाका सबै मानिसले पुरानो बसपार्क, सैनिक मन्च र खुल्ला मन्चमा आश्रय लिए । यसपछी त महानगरको सद्बुदी पलाउछ कि भनेर केही आशा पलायो तर कुरो धेरै अगाडि बढिसकेको थियो, रोकिएन । तत्कालिन अबस्थामा १२ तला बनाउने र पछि थप्ने भनेर कार्यदेश भएछ । फेरि पनि छक्क परियो, महानगर सुध्रीएन ।

महानगरलाई सुन्दर र सुरक्षित बनाउने जिम्मेवारी बोकेकाहरु उल्टै भद्रगोल र असुरक्षित बनाउन पो लाग्दा रहेछन । नक्सा पासमा घुस खांदै अशुरक्षित घर बनाउन दिएर काठ्माण्डौलाई कुरुप बनाउन दिने पनि यिनै हुन ।

पुरानो बसपार्क पुर्ण त खाली भयो । ठेकदारका डोजर र आबश्यक मेशिन हरु आए र पुरानो बसपार्क नङ्र्याउन थाले । माफिया र भ्रष्टहरु मिलेर राज्यको सम्पती माथी दिन दहाडै बलत्कार गरेको टुलुटुलु हेरेर बस्नुपर्यो । हरे केही गर्न सकिएन भनेर आत्मग्लानी भैइरह्यो । राज्यका सबै संयन्त्र र दलहरु प्रती बितृष्णा जाग्न थाल्यो । तीन बर्षमा बनाई सक्ने भनेको बिल्डिङ्गको समयाबधी सकिदा पनि जग खन्ने काम सम्म सकिएको छैन ।

सम्झौता पालना नभएपछी महानगरले यो ठेक्का किन नतोडेको हो ? कि कलंकीको पुलजस्तै ईतिहास दोहोर्याउने हो ? यो गम्भीर सवाल हो ।बसपार्क खाली भए पछि त्यहांबाट छुट्ने सार्बजानिक सवारीहरु कहाँ जालान भन्ने कौतुहलता कायमै थियो । एक्कासी खुल्ला मन्च फ्याक लगाइयो । अस्थायी बसपार्क बनाउने बहानामा आधा खुल्ला मन्च बिना टेण्डर त्यहि ठेकेदारलाई दिइसकिएछ ।

अर्को ऐतिहासिक स्थान पनि मासियो । टुलुटुलु हेरेर बस्नुको बिकल्प थिएन । कोहि चुइक्क बोलेनन् । डिजाईन अनुसार पाँचवटा सटर बनाउने भनिएको छ भन्ने सुनियो । अहिले बुझ्दा त्यति पनि हैन रहेछ । बनेका सटरबाट त्यतिखेरै लाखौ उठायो ठेकेदारले । गाडीहरुको पैसा महानगरकै कर्मचारीले उठाउन थाले, सटर भाडा ठेकेदारको पोल्टामा । यात्रु प्रतिक्षालय गतिला बनेका थिएनन । त्यसमा पनि ठेकेदारले अतिक्रमण गर्न खोजेपछी बिबाद आउला भनेर होला महानगर अलि सजग भयो । साना ब्यापारीहरुबाट दैनिक पैसा उठाईएको थियो र त्यो भागबण्डा लाग्थ्यो भन्ने पनि सुनिएको थियो ।

अहिले महानगरको बिभागिय जिम्बेवारीमा केही फेरबदल भयो र उहीँ पुरानै अनुहारहरु मिलिहाले । त्यसपछि यात्रु प्रतिक्षालयमा धमाधम सटरहरु बन्न लागे । महानगर मुकदर्शक भयो वा सेटिङ्ग थियो । हाकिमहरुसंग सेटिङ्ग छ डराउनु पर्दैन भनेर ठेकेदारले भनेको कुरा मिडियामै आइसकेको छ । सेटिङ्ग नभए महानगरले आफ्ना कर्मचारी किन त्यहांबाट हटायो ? कसले हटाएको हो, उसलाई च्याप्प समातेपछी सबै कुरा खुल्छन । त्यहाँ सटर बन्न कम्तिमा एक महिना लागेको छ ।

नगरप्रहरीहरु त्यहिँ छन्, किन थाहा पाउदैनन् ? सम्बन्धित महाशाखालाई सोध्नुपर्छ । मुख्यतः राजश्व महाशाखा र कार्यान्वयन महाशाखालाई यी सबै कुरा जानकारी छन् ।

सटर बनेर भटाभट लाखौंमा बिक्री गर्ने र करोडौ कमाउने गज्जबको आइडिया बन्दो रहेछ । पुरानो बसपार्कमा पनि यहि आइडिया लगाईएको हो । सरोकारवाला, स्थानियबासी र सबै जनता यस्ता बिषयहरुमा सचेत हुन जरुरी छ ।

खुल्लामन्च तुरुन्त खाली गर !
भ्युटावरको काम बन्द गर !
भ्रष्ट माफियाहरु मुर्दाबाद !

#भुक्तभोगी