३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

अज्ञात रोगबाट परिवारनै बिरामी

अज्ञात रोगबाट परिवारनै बिरामी
अ+ अ-

गाईघाट । उदयपुर जिल्लाको मध्यपहाडी रौतामाई गाउँपालिका–६ को नामन्तमा एउटै वंशका दाजुभाइका समाल मगरका घरपरिवारनै एकै प्रकारका अज्ञात रोगबाट सिकिस्त बिरामी हुँदै आएका छन् भने दुईको मृत्यु भइसकेको छ ।

पाँच वर्षदेखि शरीर काम्ने र हल्लिने हातखुट्टा झमझमाउने रोगबाट ग्रसित हुँदै आएका समाल मगर परिवारमा श्रीमान् दुर्गाबहादुर समाल मगर र श्रीमती अम्बिका समाल मगरको अज्ञात रोगको कारण मृत्यु भइसकेको छ ।

अहिले अन्य दाजुभाइ जेठा दाजु, माइला दाजु र साइला दाजुका सन्तान र तीनपुस्ते वंशभित्रका सम्पूर्ण समाल मगरमा यो अज्ञात रोग सर्दै गएपछि सबै समाल मगर परिवारनै रोगबाट ग्रसित बन्न पुगेको स्थानीय छिमेकी कृष्णबहादुर मगरले बताउनुभयो ।

पाँच वर्षभन्दा पनि लामो समयदेखि एउटै बाजे र दाजुभाइका सन्तानमा यो अज्ञात रोग देखा परेको र यसको विभिन्न स्थानमा बिरामीलाई लगेर उपचार गराउँदासमेत रोग पत्ता लगाउन नसकिएको छिमेकी कृषबहादुर बताउनुहुन्छ ।

शुरुमा पाँच वर्ष अघि घरबाट मलेसिया गएका जेठोको सन्तान दुर्गाबहादुर समाल मगरलाई यो अज्ञात रोगले भेटेको मृतक दुर्गाबहादुर मगरका भिनाजु विष्णु मगरले बताउनुभयो ।

दुर्गाबहादुर मलेसियाबाट घरफर्केर आएपछि हातखुट्टा काम्ने, थर्थराउने रोगले छोएको कारण पटक–पटक राजधानी काठमाडौँलगायतका अस्पतालमा समेत उपचार गराउँदा पनि रोग पत्ता नलागेको र उपचार हुन नसकेपछि एक वर्ष अघि दुर्गाबहादुरको मृत्यु भएको भिनाजु विष्णु मगर बताउनुहुन्छ ।

त्यसपछि दुर्गाबहादुर मगरको श्रीमती अम्बिका समाल मगरलाई यो रोगले छोएको एक वर्षमा अम्बिकाको पनि मृत्यु भएको होे ।

अहिले यो अज्ञात रोग माइलाका सन्तान बलबहादुर समाल मगर, बुहारी हीरामाया आलेमगर र उनीहरुको घर परिवारतर्फ सरेपछि दुवै समाल परिवारका नौजना सदस्य यतिखेर अज्ञात रोगको कारण सिकिस्त बिरामी परेको छिमेकी बताउँछन् ।

यस्तै साइलाका सन्तान र छोराछोरीमा समेत यो रोग धमाधम सर्न थालेपछि अहिले दुर्गाबहादुर समाल मगरको तीनपुुस्ते वंशभित्र सबैमा यो अज्ञात रोग विस्तारै सर्दै गएर प्रभावित पार्न थालेको छ ।

समाल परिवारका सबै दाजुभाइ सन्तान यो अज्ञात रोगबाट ग्रसित बन्दै गएपछि स्थानीय छिमेकी तथा नातागोताले उनीहरुको सेवा गरिदिने खाना पकाएर खुवाउनेदेखि सम्पूर्ण काम गरिदिने गरेको स्थानीय छिमेकी पार्वती मगरले बताउनुभयो ।

समाल परिवारको बिरामीलाई उपचारको लागि अहिले जिल्ला अस्पताल गाईघाट हुँदै विराटनगरका विभिन्न अस्पतालमा लगेर उपचार गराए पनि रोग पत्ता लगाउन नसकिएको र उपचारसमेत हुन नसकेपछि स्थानीवासी तथा उनीहरुका नातागोतासमेत दुःखी र अचम्मित बन्न पुगेका छन् ।

एकातिर रोग पत्ता लाग्न नसक्नु, अर्कोतर्फ उपचार पनि सफल हुन नसक्नु र दिनानुदिन सबै शाखा, सन्तान नै अज्ञात रोगको कारण पीडित बन्दै गएपछि अहिले नामन्तका समाल परिवारको वंशनै नाश हुने अवस्था आएको स्थानीय पार्वती मगरले बताउनुभयो ।

यसतर्फ समयमा नै स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकाय र जनप्रतिनिधिको उचित ध्यान जानुपर्ने र अज्ञात रोगको विषयमा पनि गम्भीर अनुसन्धानको लागि राज्यको तर्फबाट नै पहल थालिनुपर्ने रौतामाई गाउँपालिकाका उपाध्यक्ष कुमारी ठकुरीले बताउनुभयो ।

अज्ञात रोग विस्तारै सर्दै गएर सम्पूर्ण समाल परिवारलाई प्रभावित बनाएपछि कतै यो रोग अन्यत्र छिमेकीमा पनि सर्ने हैन भन्ने डर र त्रासले आफूहरुलाई समेत सताउन थालेको नामन्तका गणेशबहादुर मगर बताउनुहुन्छ ।