![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/04/killed.jpg)
तौलिहवा । कपिलवस्तुको वाणगङ्गा नगरपालिका– ८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारुको हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारुसहित तीन जनालाई पक्राउ गरीएको छ ।
सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनजना उपर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।