१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

तोते बोलीमा चिनियाँ राजनीतिक प्रणालीको व्याख्या

तोते बोलीमा चिनियाँ राजनीतिक प्रणालीको व्याख्या
अ अ+ अ-

बेइजिङ।यतिबेला चीनको सर्वोच्च विधायिकी अङ्ग १३ औँ राष्ट्रिय जनकंग्रेसको पाँचौँ अधिवेशन र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १३ औँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशन बेइजिङमा चालु छन्। यही मार्चको ४ तारिख (फागुन २० गते शुक्रबार) चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १३ औँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशन सुरु भएको हो। त्यसैगरी मार्च ५ तारिख (फागुन २१ गते शनिबार) १३ औँ राष्ट्रिय जनकंग्रेसको पाँचौँ अधिवेशन जनवृहत सभाभवनमा सुरु भएका छन्।

चिनियाँ सर्वोच्च विधायिकी अङ्गका अधिवेशन भएकाले छोटकरीमा दुई अधिवेशन भन्ने चलन छ। चिनियाँ यी दुई अधिवेशनलाई विश्वले ध्यान दिएर हेर्ने गरेको छ। चीनले ल्याउने नीति तथा कार्यक्रमले विश्वका अन्य मुलुकलाई पनि प्रत्यक्ष वा परोक्ष रुपमा असर पारिरहेकाले सबैको ध्यान जाने गरेको हो। 

 राष्ट्रिय जनकंग्रेसको अधिवेशनको उद्घाटन सत्रमा चिनियाँ प्रधानमन्त्रीले वार्षिक कार्यक्रमसँग बजेट लगायतका कार्यक्रम पेश गर्ने चलन छ। चिनियाँ कानुन बनाउने, वार्षिक कार्यक्रम तय गर्ने, चिनियाँ कूटनीति निर्धारण गर्ने, आर्थिक वृद्धि तथा विकासको खाका बनाउने जस्ता कामसँगै चिनियाँ समाज सुधार, नागरिकका सामाजिक सुरक्षा, महिलाका अधिकार जस्ता चौतर्फी विषयहरुमाथि व्यापक वहस र छलफल गर्ने भएकाले दुई अधिवेशनलाई चिनियाँ प्रजातन्त्रको नमूना पनि भनिन्छ।

चीनको राजधानी बेइजिङमा जारी दुई अधिवेशनका बारेमा चीनका विभिन्न विश्वविद्यालयमा नेपाली भाषा पढिरहेका चिनियाँ विद्यार्थीहरुले छोटा भिडियो बनाएर नेपाली भाषामै दुई अधिवेशनको व्याख्या गरेका छन्। 

चाइना मिडिया ग्रुप (सीएमजी)नेपाली सेवाको फेसबुकमार्फत् ती विद्यार्थीले बनाएका भिडियो हेर्न सकिन्छ। उनीहरुको नेपाली उच्चारण र दुई अधिवेशनको व्याख्याले नेपालीलाई चिनियाँ राजनीतिक प्रणालीका बारेमा बुझ्नलाई सहज बनाएको छ।

बेइजिङस्थित बेइजिङ वैदेशिक भाषा विश्वविद्यालय, सिआनस्थित तिब्बती जातीय विश्वविद्यालय र खुन्मिङस्थित युन्नान जातीय विश्वविद्यालयमा अध्ययनरत् ७ जना विद्यार्थीले भिडियोमार्फत् चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन तेह्रौँ राष्ट्रिय समितिको पाँचौँ अधिवेशन र तेह्रौँ चिनियाँ राष्ट्रिय जनकांग्रेसको पाँचौँ अधिवेशनको परिचय, इतिहास र यसको महत्वबारे व्याख्या गरेका हुन्।

बेइजिङ वैदेशिक भाषा विश्व विद्यालयमा स्नातक तहमा अध्ययनरत पाउ यु हाङ (नेपाली नाम आकाश) ले दुई अधिवेशनलाई चिनियाँ शैलीको प्रजातन्त्र भन्दै व्याख्या गरेका छन्। तिब्बती जातीय विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत को ली शाले चिनियाँ दुई अधिवेशनलाई १ अर्ब ४० करोड चिनियाँको सच्चा आवाज भनेर बताएकी छन्। 

बेइजिङ वैदेशिक भाषा विश्वविद्यालयमै अध्ययनरत् अर्का विद्यार्थी ली सीन यी, तिब्बती जातिय विश्वविद्यालयमा अध्ययनरत् हाङ वन चिङ, छ्वेइ यी याङ, ली यु च्या र युन नान जातिय विश्वविद्यालयमा अध्ययनरत् ह स्याउ लिङ (नेपाली नाम दीपा)ले पनि दुई अधिवेशनको इतिहास यसको महत्व र चिनियाँ समाजमा यसको योगदानबारे चर्चा गरेका छन्। 

 यी भिडियोमार्फत् नेपाली दर्शकले चीनका दुई अधिवेशन बारेमा बुझ्ने मौका पाएका छन् भने चीनमा स्नातक तहमा मुख्य नेपाली विषय पढ्ने विद्यार्थीको नेपाली भाषाको स्तर कस्तो छ भनेर पनि जानकारी दिएको छ। यी विद्यार्थीले स्नातक तहमा पुगेर मात्र नेपाली भाषा सिक्न थालेका हुन्। उनीहरुले एकैचोटि स्नातक तहमा पुगेर नेपाली सग्ला अक्षर चिन्दै नेपाली बोल्न थालेकाले भिडियोमा उनीहरुको नेपाली सबै उच्चारण स्पष्ट नभए पनि रमाइलो र मिठो सुनिन्छ।