• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान ★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ

डोजर प्रयोगले खानेपानी र विद्युत् सेवा अवरोध



बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा खानेपानीको हाहाकार भएको छ । साथै यहाँका स्थानीयबासी महीना दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् । आरसी आइडब्लुले कोल्टीबाट नुरी जाने बाटो खन्दा खानेपानीको पाइप अवरुद्ध पारेको छ भने नगरपालिकाकै सिराडी जाने बाटो निमार्ण गर्दा बिजुली बत्ती अवरुद्ध बनेको हो ।

बजार र बजारक्षेत्र आसपासका गाउँमा खानेपानी भए पनि अहिले स्थानीयवासी खोलाको पानी खान बाध्य छन् । बिजुली र खानेपानी एकसाथ अवरुद्ध भए पनि नगरपालिकाले कुनै वास्ता नगरेको प्रति स्थानीयवासी आक्रोशित भएका छन् ।

लामो समयदेखि बिजुली र खानेपानीको अभाव हँुदा बजार क्षेत्रमा बस्ने व्यापारी र स्थानीयवासीलाई समस्या भएको कोल्टीका काशीराम कैलाले बताउनुभयो । मार्तडीपछिको दोस्रो ठूलो बजारक्षेत्र कोल्टीमा छ । नियमित विमान उडान हुन्छन्, हुम्ला, मुगु र कालिकोटसहित बाजुराका चार स्थानीय तहको चहलपहल हुने क्षेत्र हो कोल्टी । तर अवस्था हेर्दा दुर्गम गाउँको भन्दा फरक छैन । “यहाँका नागरिकलाई अरु विकास चाहिएको छैन, उनीहरुको पहिलो माग नै पानी र बिजुली हो”, स्थानीय नवराज भारतीको भनाइ छ ।

स्थानीय हिरेन्द्र बोहरा भन्नुहुन्छ, “पानीकै नाममा वर्षेनी लाखौँको बजेट खर्च भएको छ भने बिजुलीकै नाममा रु सात करोड बढी रकम उपभोक्ता समितिले खर्च गरिसकेका छन्, तर पनि कोल्टीबासीले न त नियमित खानेपानी पाएका छन्, न त बिजुली बत्ती नै पाएका छन् ।”

कोल्टी बजारमा मात्र आठ हजार बढीको बसोबास छ । क्याम्पसदेखि विमानस्थल, उच्चमाविदेखि नगरपालिकाको कार्यालय । स्थानीय सरकार गठनकै दुई वर्ष पुग्न लाग्दा पनि कोल्टीको खानेपानी समस्या सधान गर्न सकेको छैन ।