![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/04/images_cms-image-000073514.jpg)
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीमा इनारमा खसेका एक व्यक्तिको पाँच दिनपछि जीवितै उद्धार गरिएको छ।
पाँच दिनदेखि हराईरहेका स्थानीय ५५ वर्षीय सानुमान जिम्बाको नेपाली सेना र नेपाल प्रहरीको टोलीले सोमबार जीवितै उद्धार गरेको हो।इनारमा मान्छे खसेको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि सेना र प्रहरी घटना स्थलमा पुगेका थिए।
जिम्बालाई ३० फिट गहिरो पानी सुकेको इनारबाट जीवितै उद्धार गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए। १२ गते बारीमा गएको बेला हुण्डरी आउँदा आफू इनारमा खसेको जिम्बाले बताएका छन्।
उद्धारपछि जिम्बालाई उपचारका लागि हरिवनस्थित नमूना अस्पतालमा भर्ना गरिएको छ। ढाडमा सामान्य चोट लागेका जिम्माको अबस्था खतरामुक्त रहेको प्रहरी निरीक्षक कार्कीले बताए।