१४ असार २०८३, आईतवार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इनारमा खसेका एक व्यक्तिको पाँच दिनपछि जीवितै उद्धार



अ+ अ-

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीमा इनारमा खसेका एक व्यक्तिको पाँच दिनपछि जीवितै उद्धार गरिएको छ।

पाँच दिनदेखि हराईरहेका स्थानीय ५५ वर्षीय सानुमान जिम्बाको नेपाली सेना र नेपाल प्रहरीको टोलीले सोमबार जीवितै उद्धार गरेको हो।इनारमा मान्छे खसेको जानकारी स्थानीयले प्रहरीलाई दिएपछि सेना र प्रहरी घटना स्थलमा पुगेका थिए।

जिम्बालाई ३० फिट गहिरो पानी सुकेको इनारबाट जीवितै उद्धार गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए। १२ गते बारीमा गएको बेला हुण्डरी आउँदा आफू इनारमा खसेको जिम्बाले बताएका छन्।

उद्धारपछि जिम्बालाई उपचारका लागि हरिवनस्थित नमूना अस्पतालमा भर्ना गरिएको छ। ढाडमा सामान्य चोट लागेका जिम्माको अबस्था खतरामुक्त रहेको प्रहरी निरीक्षक कार्कीले बताए।