१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको मकालु हिमालको आधार शिविरमा हिममानव ‘यति’को पाइला भेटीयो



अ+ अ-

काठमाडौं । भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरमा रहस्यमय हिममानव ‘यति’ को (फुटस्टेप) पाइला भेटिएको दाबी गरेको छ ।

भारतीय सेनाले आफ्नो आधिकारिक ट्वीटरमा यतिको पाइलाहरू दाबी गरिएको फोटोसमेत पोस्ट गरेको छ।

पोस्टमा ती तस्विरहरू भारतीय आर्मीले पर्वातारोहणका क्रममा मकालु बेस क्याम्पमा नजिकै अप्रिल ९ मा खिचेको दाबी गरेको छ। भेटिएका पाइलाहरूको निशान ३२ बाई १५ इन्चको मापन गरिएको पनि उसले उल्लेख गरेको छ।

यतिको अस्तित्वका विषयमा लामो समयदेखि पर्वतारोही र साहसी पर्यटकहरुमा विभिन्न किसिमका अनुमानहरु चल्दै आएका छन् । धेरैले यतीलाई प्रत्यक्ष देखेको दाबी गर्दै आए पनि ठोस प्रमाण पेश गर्न सकेका छैनन् । यतिलाई आधामानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ ।

द इन्डियन एक्सप्रेसुमा प्रकाशित सामाचारका अनुसार हिम मानव यतिलाई आजसम्म मकालु–वरूण राष्ट्रिय निकुञ्जमा मात्र देखिएको दाबी गर्दै आइएको छ।

पहिलोपटक यतिको चर्चा सन् १९२० मा पहिलो पटक भएको थियो। आजसम्म पाइलाहरू भेटिएको दाबी गरिएपनि यति नै भने भेटिएको आधिकारिक तथ्य छैन्।

सन् २०१४ मा एउटा विवादास्पद अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा भुटान र उत्तरी भारतबाट यतिको भुत्लाको नमूना संकलन गरिएको दाबी गरिएको थियो । वैज्ञानिकहरुले भने यतिको विषयमा ठोस अनुसन्धान गरेका छैनन् ।

भारतीय सेनाले यसका तसवीरहरू ट्वीटरमा पोस्ट गरेपछि सोमबारदेखि केहिले यसलाई राम्रो भनेका छन् भने कतिले भने ट्विटरमा उनीहरूलाई उडाएका छन्।

यति नेपालका हिमाली जनजीवनमा एक किस्साका रूपमा चर्चित रहँदै आएको छ।