६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको मकालु हिमालको आधार शिविरमा हिममानव ‘यति’को पाइला भेटीयो



अ+ अ-

काठमाडौं । भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरमा रहस्यमय हिममानव ‘यति’ को (फुटस्टेप) पाइला भेटिएको दाबी गरेको छ ।

भारतीय सेनाले आफ्नो आधिकारिक ट्वीटरमा यतिको पाइलाहरू दाबी गरिएको फोटोसमेत पोस्ट गरेको छ।

पोस्टमा ती तस्विरहरू भारतीय आर्मीले पर्वातारोहणका क्रममा मकालु बेस क्याम्पमा नजिकै अप्रिल ९ मा खिचेको दाबी गरेको छ। भेटिएका पाइलाहरूको निशान ३२ बाई १५ इन्चको मापन गरिएको पनि उसले उल्लेख गरेको छ।

यतिको अस्तित्वका विषयमा लामो समयदेखि पर्वतारोही र साहसी पर्यटकहरुमा विभिन्न किसिमका अनुमानहरु चल्दै आएका छन् । धेरैले यतीलाई प्रत्यक्ष देखेको दाबी गर्दै आए पनि ठोस प्रमाण पेश गर्न सकेका छैनन् । यतिलाई आधामानव र आधा चिम्पान्जीको रुपमा बुझ्ने गरिएको छ ।

द इन्डियन एक्सप्रेसुमा प्रकाशित सामाचारका अनुसार हिम मानव यतिलाई आजसम्म मकालु–वरूण राष्ट्रिय निकुञ्जमा मात्र देखिएको दाबी गर्दै आइएको छ।

पहिलोपटक यतिको चर्चा सन् १९२० मा पहिलो पटक भएको थियो। आजसम्म पाइलाहरू भेटिएको दाबी गरिएपनि यति नै भने भेटिएको आधिकारिक तथ्य छैन्।

सन् २०१४ मा एउटा विवादास्पद अध्ययन प्रतिवेदन सार्वजनिक भएको थियो, जसमा भुटान र उत्तरी भारतबाट यतिको भुत्लाको नमूना संकलन गरिएको दाबी गरिएको थियो । वैज्ञानिकहरुले भने यतिको विषयमा ठोस अनुसन्धान गरेका छैनन् ।

भारतीय सेनाले यसका तसवीरहरू ट्वीटरमा पोस्ट गरेपछि सोमबारदेखि केहिले यसलाई राम्रो भनेका छन् भने कतिले भने ट्विटरमा उनीहरूलाई उडाएका छन्।

यति नेपालका हिमाली जनजीवनमा एक किस्साका रूपमा चर्चित रहँदै आएको छ।