१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहानमा लागुऔषधसहित दुई युवा पक्राउ



अ+ अ-

लहान । प्रतिबन्धित लागुऔषधसहित दुई युवालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका–१९ गाढा वडा नं ३ निवासी २६ वर्षीय श्रवणकुमार यादव र वडा नं ८ निवासी २९ वर्षीय अर्जुनकुमार महतो रहेका छन् ।

उनिहरुलाई आज बिहान फेनारगन २०१ एम्पुल, डाइजेल्याप २३८ एम्बुल र नोर्फिन २२० एम्पुलका साथ आँपको बगैँचाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरलेले बताए ।

भारतीय बजारबाट स ७ प ९३९१ नम्बरको मोटरसाइकलमा सवार दुवैलाई रोकेर जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार महतोले बोकेको ५ लिटरको ग्यालेनमा लागुऔषध फेला परेकाले दुवैलाई पक्राउ गरिएको उनले जानकारी दिए।