लहान । प्रतिबन्धित लागुऔषधसहित दुई युवालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा लहान नगरपालिका–१९ गाढा वडा नं ३ निवासी २६ वर्षीय श्रवणकुमार यादव र वडा नं ८ निवासी २९ वर्षीय अर्जुनकुमार महतो रहेका छन् ।
उनिहरुलाई आज बिहान फेनारगन २०१ एम्पुल, डाइजेल्याप २३८ एम्बुल र नोर्फिन २२० एम्पुलका साथ आँपको बगैँचाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरलेले बताए ।
भारतीय बजारबाट स ७ प ९३९१ नम्बरको मोटरसाइकलमा सवार दुवैलाई रोकेर जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार महतोले बोकेको ५ लिटरको ग्यालेनमा लागुऔषध फेला परेकाले दुवैलाई पक्राउ गरिएको उनले जानकारी दिए।