काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने प्रष्ट पारेका छन् ।
मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सत्तारुढ दल नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बम पड्काउन, उदण्डता मच्चाउन नदिइने बताए । उनले विप्लव समूहले हतियार नबुझाए सरकारले नियन्त्रण गर्नेपनि बताए ।