६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण विराटको बैंगलोर आइपिएलबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । ईन्डियान प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल रद्ध भएपछि दुवै टिमले अंक बाडेका छन् ।

बर्षका कारण ढिलो शुरु भएको खेल ५/५ ओभर खेलाएपनि खेल बर्षाले फेरी रोकिए पछि रद्ध गरिएको थियो ।

५ ओभरको खेलमा बैंगलोरले पहिला ब्याटिंग कप्तान विराट कोहलीले सर्वाधिक २५ रन बनाए भने एबीडिभिलीयर्सले १० रनको योगदान दिदैै ५ ओभरमा ७ विकेट गुमाउदै ६२ रन बनाएको थियो ।

यस खेलमा राजस्थानका बलर श्रेयस गोपालले ह्याट्रिक लिएका थिए । एक ओभर बलिङ गरेका गोपालले वीरत कोहली एबी डिभिलीयर्स र मार्कोस स्टोइनिसलाई आउट गरेका थिए ।

५ ओभरमा ६३ रनको लक्ष्य पाएको राजस्थानले ३.२ ओभरमा एक विकेट गुमाएर ४१ रन बनाउदा खेल वर्षाले रोकिएको थियो ।

खेल रोकिएपछि रद्ध गरिएको थियो ।

खेल रद्ध भएर अंक बाँडेपछि रोयल च्यालेन्जर्सको यस सिजनको आइपिएल समुह चरणबाटै सकिएको छ । १३ खेल खेलेको बैंगलोरको ४ जित, ८ हार र एक बराबरीसहित ९ अंक छ भने अंक तालिकामा पुछारमा रहेको छ । यस आइपिएलको समुह चरणमा बाहिरिने बैंगलोर पहिलो टिम बनेको छ । परकिंग्स बीच खेल हुदै छ ।