२ भाद्र २०८३, मंगलवार
,
Latest
आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण विराटको बैंगलोर आइपिएलबाट बाहिरियो



अ+ अ-

काठमाडौँ । ईन्डियान प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल रद्ध भएपछि दुवै टिमले अंक बाडेका छन् ।

बर्षका कारण ढिलो शुरु भएको खेल ५/५ ओभर खेलाएपनि खेल बर्षाले फेरी रोकिए पछि रद्ध गरिएको थियो ।

५ ओभरको खेलमा बैंगलोरले पहिला ब्याटिंग कप्तान विराट कोहलीले सर्वाधिक २५ रन बनाए भने एबीडिभिलीयर्सले १० रनको योगदान दिदैै ५ ओभरमा ७ विकेट गुमाउदै ६२ रन बनाएको थियो ।

यस खेलमा राजस्थानका बलर श्रेयस गोपालले ह्याट्रिक लिएका थिए । एक ओभर बलिङ गरेका गोपालले वीरत कोहली एबी डिभिलीयर्स र मार्कोस स्टोइनिसलाई आउट गरेका थिए ।

५ ओभरमा ६३ रनको लक्ष्य पाएको राजस्थानले ३.२ ओभरमा एक विकेट गुमाएर ४१ रन बनाउदा खेल वर्षाले रोकिएको थियो ।

खेल रोकिएपछि रद्ध गरिएको थियो ।

खेल रद्ध भएर अंक बाँडेपछि रोयल च्यालेन्जर्सको यस सिजनको आइपिएल समुह चरणबाटै सकिएको छ । १३ खेल खेलेको बैंगलोरको ४ जित, ८ हार र एक बराबरीसहित ९ अंक छ भने अंक तालिकामा पुछारमा रहेको छ । यस आइपिएलको समुह चरणमा बाहिरिने बैंगलोर पहिलो टिम बनेको छ । परकिंग्स बीच खेल हुदै छ ।