१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

रुकुम (पूर्व)को लुकुम स्मार्ट कृषिगाउँ बन्दै

रुकुम (पूर्व)को लुकुम स्मार्ट कृषिगाउँ बन्दै
अ अ+ अ-

रुकुम(पुर्व) । जिल्लाको भुमे गाउँपालिका–१ लुकुमलाई स्मार्ट कृषिगाउँ बनाइने भएको छ । प्रदेश नं ५ सरकारले स्मार्ट कृषिगाउँ बनाउन चालू आर्थिक वर्षमा बजेटको व्यवस्था गरेपछि स्मार्ट कृषिगाउँमा लुकुमलाई छनोट गरिएको हो ।

स्मार्ट कृषिगाउँका लागि छनोटमा परेको लुकुममा स्मार्ट भेँडापालन सञ्चालन हुने बताइएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषिगाउँअन्तर्गत यहाँ उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेशसभा सदस्य तेजबहादुर वलीले बताउनुभयो ।

प्रदेश सरकारले त्यसका लागि रु ६० लाख बजेटसमेत विनियोजन गरिसकेको उहाँले बताउनुभयो । स्थानीयसँगको साझेदारीमा लुकुमलाई स्मार्ट कृषि गाउँ बनाउने प्रक्रिया थालिएको हो । परम्परागत कृषि प्रणालीलाई त्यागेर आधुनिक कृषि प्रणालीलाई उपयोग गर्ने गरी कार्यक्रमको अवधारणा अघि सारिएको प्रदेशसभा सदस्य वलीले बताउनुभयो ।

कार्यक्रममार्फत यहाँका धेरैभन्दा धेरै किसानलाई व्यावसायिक बनाउने लक्ष्य राखिएको छ । कृषिमा व्यावसायीकरण र यान्त्रिकीकरण गर्नलाई कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाइएको उहाँले बताउनुभयो । कार्यविधिअनुसार सरकारले गरेका लागानीमा किसान आफैँले पनि थप २० प्रतिशत लगानी गर्नुपर्ने छ ।

कार्यविधिमा प्रदेश सरकारले बजेट तथा प्राविधिक खटाउने छ भने स्थानीयवासीले पनि योगदान गर्नुपर्ने छ । सरकारले भेँडापालनका लागि आफ्नो गाउँलाई स्मार्ट क्षेत्र बनाउन थालेपछि स्थानीयवासी खुशी भएका छन् ।

आफूहरुको दैनिकी परिवर्तन गर्न सरकारले सहयोग गर्न थालेको स्थानीय रामकुमार पुनले बताउनुभयो । परम्परागत शैलीमा गर्दै आएको पेशालाई आधुनिक र व्यवस्थित गर्न उक्त कार्यक्रमले आफूहरुलाई ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ ।

भेँडापालनबाट मासु तथा कपडा उत्पादन गरेर यहाँका किसानले आर्थिक उपार्जन गर्दै आएका छन् । मासुका साथै भेँडाको ऊनबाट कम्बल, कामलो, कोट, टोपी, स्वीटरलगायतका सामग्री निर्माण गर्दै आएका छन् । स्मार्ट कृषिगाउँ भएपछि बजारीकरणमा समेत सहयोग पुग्ने अर्का स्थानीवासी रामकुमार बुढाले बताउनुभयो ।