१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले आज स्थानीय तहमा उम्मेदवार बन्न चाहनेको नाम आह्वान गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम आह्वान गर्ने भएको छ । आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदका लागि उपनिर्वाचन हुँदैछ ।

हिजो साँझ बसेको रास्वपा केन्द्रीय निर्वाचन समन्वय समितिको बैठकले सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने र उम्मेदवारहरूको नाम आह्वान गर्ने निर्णय भएको भएको थियो ।

रास्वपा स्थानीय तह निर्वाचनमा पहिलोपटक भाग लिन लागेको हो । २०७९ सालमा स्थानीय तह चुनाव हुँदा रास्वपा गठन भएकै थिएन ।

मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ ।