२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

छठ उत्सब: पोखरी तलाउ दुलही झै सिंगारियो-फोटो फिचर

छठ उत्सब:  पोखरी तलाउ दुलही झै सिंगारियो-फोटो फिचर
अ अ+ अ-

काठमाडौं ।काठमाडौँ महानगरपालिकाले छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरेको छ ।

पोखरीको चारैतिर पेटीमा बर्तालुलाई बस्ने र सूर्यलाई अघ्र्य दिन घाटलाई व्यवस्थित गरिएको हो । करिब पाँच सय बर्तालुुलाई पूजाआजा गर्न कुपन वितरण गरिएको छ भने पूजा सामग्रीको सुरक्षाको समेत व्यवस्था गरिएको छ । पोखरी तथा त्यस आसपास क्षेत्रका फोहर व्यवस्थापन गरी झिलीमिली बत्तीहरु सजाइएको छ ।

काठमाडौँ महानगरपालिका–१ मा पर्ने उक्त पोखरीमा स्वचालित रूपमा पानीको फोहोराको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिका–१ को समन्वयमा गरिने पूजाआजाका कार्यक्रममा बर्तालुुको भीड व्यवस्थापन साथै सहजीकरणका लागि ठूलो सङ्ख्यामा नगर प्रहरी खटाइएको छ ।

काठमाडौँ महानगरपालिका–१ का वडासदस्य रोशन श्रेष्ठले छठ पर्वको मौलिकता एवं महत्त्वलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न पोखरीलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो ।

भजनकीर्तन तथा धार्मिक गतिविधिको प्रबन्ध गरिएको समारोहस्थलमा सामान्य दर्शन तथा घुमघामका लागि करिब एक लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललगायत विभिन्न दलका नेतागण, महानगर प्रमुख अति विशिष्ट व्यक्तित्वलाई पूजामा सहभागिताका लागि यही कात्तिक २२ गते साँझ निमन्त्रणा गरिएको छ ।

स्थानीय सङ्घ संस्थाको समन्वय तथा हिमालयन अस्पतालको सहकार्यमा स्वास्थ्य परीक्षणका शिविरसमेत सञ्चालनको व्यवस्था गरिएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिन बर्तालुुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिने उक्त पर्वमा सप्तमीको बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत समापन गरिन्छ । समापनपछि प्रसाद वितरणसमेत गरिने जनाइएको छ ।रासस

काठमाडौ को ८ ठाउँमा छ्ठ मनाउदै ।

-गौरी घाट, वडा ८ 
-कोटेश्वर दोभान, वडा ३२ 
-कमल पोखरी, वडा १ 
-वंशीघाट, वडा ११ ।
-बालाजु बाइसधारा, वडा १६ 
-धौखेल खोला, वडा १३ 
-कुमारी क्लब, वडा १४ 
– भुवनेश्वरी मन्दिर, वडा १४