२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम (पूर्व)को लुकुम स्मार्ट कृषिगाउँ बन्दै



अ+ अ-

रुकुम(पुर्व) । जिल्लाको भुमे गाउँपालिका–१ लुकुमलाई स्मार्ट कृषिगाउँ बनाइने भएको छ । प्रदेश नं ५ सरकारले स्मार्ट कृषिगाउँ बनाउन चालू आर्थिक वर्षमा बजेटको व्यवस्था गरेपछि स्मार्ट कृषिगाउँमा लुकुमलाई छनोट गरिएको हो ।

स्मार्ट कृषिगाउँका लागि छनोटमा परेको लुकुममा स्मार्ट भेँडापालन सञ्चालन हुने बताइएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको एक निर्वाचन क्षेत्र एक स्मार्ट कृषिगाउँअन्तर्गत यहाँ उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेशसभा सदस्य तेजबहादुर वलीले बताउनुभयो ।

प्रदेश सरकारले त्यसका लागि रु ६० लाख बजेटसमेत विनियोजन गरिसकेको उहाँले बताउनुभयो । स्थानीयसँगको साझेदारीमा लुकुमलाई स्मार्ट कृषि गाउँ बनाउने प्रक्रिया थालिएको हो । परम्परागत कृषि प्रणालीलाई त्यागेर आधुनिक कृषि प्रणालीलाई उपयोग गर्ने गरी कार्यक्रमको अवधारणा अघि सारिएको प्रदेशसभा सदस्य वलीले बताउनुभयो ।

कार्यक्रममार्फत यहाँका धेरैभन्दा धेरै किसानलाई व्यावसायिक बनाउने लक्ष्य राखिएको छ । कृषिमा व्यावसायीकरण र यान्त्रिकीकरण गर्नलाई कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाइएको उहाँले बताउनुभयो । कार्यविधिअनुसार सरकारले गरेका लागानीमा किसान आफैँले पनि थप २० प्रतिशत लगानी गर्नुपर्ने छ ।

कार्यविधिमा प्रदेश सरकारले बजेट तथा प्राविधिक खटाउने छ भने स्थानीयवासीले पनि योगदान गर्नुपर्ने छ । सरकारले भेँडापालनका लागि आफ्नो गाउँलाई स्मार्ट क्षेत्र बनाउन थालेपछि स्थानीयवासी खुशी भएका छन् ।

आफूहरुको दैनिकी परिवर्तन गर्न सरकारले सहयोग गर्न थालेको स्थानीय रामकुमार पुनले बताउनुभयो । परम्परागत शैलीमा गर्दै आएको पेशालाई आधुनिक र व्यवस्थित गर्न उक्त कार्यक्रमले आफूहरुलाई ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ ।

भेँडापालनबाट मासु तथा कपडा उत्पादन गरेर यहाँका किसानले आर्थिक उपार्जन गर्दै आएका छन् । मासुका साथै भेँडाको ऊनबाट कम्बल, कामलो, कोट, टोपी, स्वीटरलगायतका सामग्री निर्माण गर्दै आएका छन् । स्मार्ट कृषिगाउँ भएपछि बजारीकरणमा समेत सहयोग पुग्ने अर्का स्थानीवासी रामकुमार बुढाले बताउनुभयो ।