१७ भाद्र २०८३, बुधबार
,
Latest
कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाना पकाउने ग्यासको मूल्य दुई थरी कायम गर्न सांसदको माग



अ+ अ-

काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले खाना पकाउने ग्यासको मूल्य दुई थरी कायम गर्न माग गरेका छन् ।

बिहीबार बसेको बैठकमा नेकपा सांसद कृष्णकुमार श्रेष्ठले व्यवसायिक र व्यक्तिगतलाई छुट्टाछुट्टै मुल्य कायम गर्न आग्रह गरेका हुन् ।

उनले व्यवसायिक प्रयोजनमा भ्याट छुटको व्यवस्था रहेको कारण दुई थरी मुल्य कायम गर्नु पर्ने बताएका छन् । दुई थरी मुल्य कायम गर्दा राजश्वमा समेत बृद्धि हुने भएका कारण तत्काल यो व्यबस्था कामय गर्न सुझाव दिए । उनले यसअघि निलो र रातो रंगको ग्यास प्रयोगमा ल्याइए पनि कमिसनको चलखेलका कारण सफल हुन नसकेको समेत आरोप लगाएका छन् ।