१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तुमा विद्यार्थीबीच झडप, आठ राउण्ड अश्रुग्यास प्रहार



अ+ अ-

कपिलवस्तु।कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ । 

होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आज दिनभर तनावग्रस्त भएको छ । होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आज अभिभावकलाई बोलाएर छलफल गराउन लागेको थियो । छलफल नगरी विद्यार्थीहरू आक्रोशित हुँदै ढुङ्गा प्रहार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

विद्यार्थीको दुई समूहबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । तनावग्रस्त भीडलाई तितरवितर पार्न प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो । विद्यालयमा रहेका एक दर्जन बढी कम्प्युटरमा क्षति पुगेको छ भने झ्याल ढोकाहरू फुटेका छन् । झडपमा आक्रोशित विद्यार्थीहरूले ढुङ्गा प्रहार गरी तोडफोड गरेका थिए ।

विद्यालय परिसर झन्डै तीन घण्टासम्म तनावग्रस्त बनेको थियो । झडपमा एक दर्जन सशस्त्र प्रहरी घाइते भएका छन् । उनीहरूको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । अहिले अवस्था सामान्य रहेको र दुवै समूहका विद्यार्थी अभिभावकबीच छलफल गराई समस्या समाधान गरिएको छ ।रासस