२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली भियतनाम जाँदै



अ+ अ-

काठमाडौं । नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ । भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न नेपालले तयारी गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने भियतनाम भ्रमणका क्रममा यस्तो सम्झौता गर्ने तयारी गरिएको हो । ‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा हवाई सहित केही महत्वर्पूण सम्झौता हुँदैछ, हवाई सम्झौतासँगै त्यहाँका बुद्धधर्मावालम्बी नेपाल आउन सहज हुनेछ, यसले नेपाल भ्रमण वर्षलाई सकारात्मक टेवा दिनेछ’–भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी दिदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

‘आर्थिक पावर हाउस’का रुपमा उदाएको भियतनामसँग सिधा हवाई सम्पर्क जोडिएपछि नेपालको अन्तर्रा्ष्ट्रिय व्यापार फराकिलो बन्ने उनको भनाई छ । भियतनामी समकक्षी गुयेन युवान फुकको औपचारिक नियन्त्रणमा प्रधानमन्त्री ओली यही बैशाख २६देखि ३० गतेसम्म सो मुलुकको भ्रमण गर्दै हुनुहुन्छ । यस अघि २० अक्टोबर २०१५मा नेपाल-भियतनाम वीच सिधा हवाई उडान गर्नेबारेको प्रारम्भिक हस्ताक्षर भएको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।