१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मतीको उपसभापतिमा बस्नेत र महर्जन



अ+ अ-

मकवानपुर । नेपाली काँग्रेसको १४ महाधिवेशनअन्तर्गत गत शनिबार सम्पन्न भएको वाग्मती प्रदेशको निर्वाचनमा उपसभापतिद्वयमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ । बस्नेत र महर्जनले  क्रमशः एक हजार ५९ र एक हजार ३७ मत ल्याउनुभयो । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतमले १ हजार ४ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ८ सय ३९ प्राप्त गर्नुभयो । 

महामन्त्रीमा कञ्चनचन्द्र बादेले ९९५ र राजु श्रेष्ठले ९१० मत ल्याएर विजयी हुनुभयो । सो पदका लागि छ जनाको उम्मेदवारी परेकामा माइकल रामचन्द्र अर्यालले ८९९, तिलकप्रसाद रुवारीले ७६०, गौरीप्रसाद दवाडीले १८८ र सुरेश श्रेष्ठ ले १६३ मत पाउनु भएको थियो । महिलातर्फको सहमहामन्त्रीमा जीवन डङ्गोल ९४९  मत ल्याएर विजयी हुनुभयो । सो पदका लागि निर्मला बस्ताकोटी, निरु खड्का, मोतिमाया तामाङ प्रतिस्पर्धी हुनुहुन्थ्यो । 

खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी हुनुभयो । सभापतिमा भने इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको यस अघि नै घोषणा भइसकेको थियो  ।