६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा पार्टी कार्यालय सुनसान, शीर्ष नेताका निवास नै पार्टी कार्यलय



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा वैशाख १७ गते फरक दृश्य देखियो । निवासमा भीडभाड थियो । प्रदेश २ का पार्टी सहइन्चार्ज विश्वनाथ शाह र अध्यक्ष प्रभु शाह एक हूल मानिस लिई दाहाल निवास पुगेका थिए ।

तराई–मधेस फोरम अध्यक्ष अमर यादवलगायत उनको पार्टी नेकपामा विलय गराउने कार्यक्रम हुँदै थियो त्यहाँ । दाहालले त्यस्तो पार्टी प्रवेश कार्यक्रम पार्टी कार्यालयमा गर्न आवश्यक ठानेनन्, आफ्नै निवासमा आयोजना गरिदिए ।

पार्टीका स्थायी समिति सदस्य लीलामणि पोखरेल, नेताहरू प्रभु र विश्वनाथसहित प्रदेश सचिव सुमनराज प्याकुरेलको उपस्थितिमा दाहाल निवासमा कार्यक्रम भयो । फूलमाला र खादा त्यहाँ उत्तिकै प्रयोगमा आयो । दाहालसँग फोटो खिचाउन चाहनेको तँछाडमछाड देखियो ।

त्यसको दुई दिनअघि मात्र दाहालले नेकपा अध्यक्षको हैसियतमा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिमण्डको ध्यानाकर्षणपत्र पनि आफ्नै निवासमा बुझेका थिए । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा छ । पेरिसडाँडामा पनि सम्पर्क कार्यालय छ । तर उनी धुम्बाराहीस्थित पार्टी कार्यालयमै नपुगेको दुई महिना भइसक्यो । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।