२ भाद्र २०८३, मंगलवार
,
Latest
आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

समर्थकलाई कुट्ने नेइमारलाई आठ खेलमा प्रतिबन्ध लाग्न सक्ने, एमबाप्पेलाई कारबाही



अ+ अ-

काठमाडौं । फ्रेन्च फुटबल महासंघ (एफएफएफ)ले पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेलाई तीन खेल प्रतिबन्धको कारबाही गरेको छ ।

शुक्रबार राति एफएफएफले कारबाही सुनाएको हो । एमबाप्पे फ्रेन्च कपअन्तर्गत गत साता रेनेसविरुद्धको फाइनल खेलमा रातो कार्ड पाउँदै बाहिरिएका थिए । मैदानमा गल्ती गरेका कारण उनलाई रातो कार्ड दिइएको थियो । त्यसपछि अनुसन्धानमा रहेका एमबाप्पेलाई एफएफएफले तीन खेल खेल्न नपाउने कारबाहीको निर्णय सुनाएको छ ।

फ्रेन्च कपको फाइनलमा रेनेसले पीएसजीलाई सडन डेथमा ६–५ गोलले हराउँदै उपाधि जितेको थियो । निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा सकिएको थियो । पीएसजी उपाधि जित्नबाट बञ्चित भएपछि नेइमारले पनि समर्थकमाथि अभद्र व्यवहार गरेका थिए ।
उपविजेताको पदक थाप्न जाने क्रममा नेइमारले समर्थकलाई मुक्का हानेका थिए । सोही घटनामाथि अहिले एफएफएफले अनुसन्धान गरिरहेको छ । नेइमारलाई आठ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।