२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’ डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक नम्बर प्रदेशको राजधानी धरानलाई तोक्नुपर्ने माग गर्दै सिट्टी जुलुस



अ+ अ-

धरान । एक नम्बर प्रदेशको राजधानी धरानलाई तोक्नुपर्ने माग गर्दै धरानबासीहरुले सिट्टी जुलुस निकालेका छन् ।

धरान उपमहानगरपालिकाको अगुवाइमा धरानलाई राजधानी घोषणा गर्न माग गर्दै धरानवासीले प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले सिट्ठी फुकेर प्रदर्शन गरिरहेका छन् ।

एक नम्बर प्रदेशको राजधानी र नामांकन टुङ्गो लगाउन मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकमा कांग्रेसका संसदीय दलका नेता राजीव कोइराल, संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवलगायतको उपस्थित रहेको छ ।

स्थायी राजधानी तोक्ने तयारी गरेको प्रदेश १ सरकारले केही दिनअघि मात्रै साविकको पूर्वाञ्चलको राजधानी धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको थियो ।

राजधानी र नाम बारे एक मत हुन नसकेपछि विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुसंग छुट्टाछुट्टै छलफल गरिएको थियो ।