शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘दाल भात तरकारी’ले देशभर हाउसफुल व्यापार गरेको छ ।
अहिले दशैभर प्रदर्शन भइरहेको यस चलचित्रले राम्रै व्यापार गरिरहेको निर्माता टिमले बताएको छ । चलचित्र दालभात तरकारीले अमेरिका जान मरिमेट्ने एक नेपाली परिवारको कथा प्रस्तुत गरेको छ ।
कथा,पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बांदेल, विल्सनविक्रम राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यस चलचित्रको निर्देशन सुदन केसीले गरेका हुन् भने शम्भुजित बास्कोटाको संगीत तथा दीर्घ गुरुङको छायांकन रहेको छ ।