५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले १३ वर्षदेखिका विद्यार्थीलाई राजनीतिक प्रशिक्षण दिने



अ+ अ-

काठमाडौं । नयाँ पुस्तालाई पार्टीप्रति आकर्षित गर्न नेपाली कांग्रेसले १३ वर्षदेखिका विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले १३ देखि १८ वर्षका विद्यार्थीका लागि प्रशिक्षण दिने निर्णय गरेको हो ।

कांग्रेसबाट जितेका गाउँपालिका प्रमुखरउपप्रमुखको भेला काठमाडौंमा गर्ने, भातृ र शुभेच्छुक संस्थालाई प्रशिक्षण दिने, कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गर्न १३ वर्षदेखि २८ वर्ष उमेरसम्मकालाई प्रशिक्षण गराउनेलगायत कार्यक्रम छन्।

विद्यार्थीहरूलाई राष्ट्रियता, लोकतन्त्र, समाजवाद, कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको जीवनी, नेतृत्वको योगदान, नेपाल परिचय, इतहास, संस्कृति, सम्पाद लगायतका विषयमा जानकारी दिने उद्धेश्यले यस्तो कार्यक्रम गर्न लागेको प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिएका छन् ।

पार्टी सचिव मुक्ति आचार्यले आइतबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार वैशाख १९ देखि आजसम्म चलेको बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ।

पार्टीले देशैव्यापी सञ्चालन गर्न लागेको राष्ट्रिय जनजागरण अभियान पूर्ण रूपमा सफल पार्न प्रतिष्ठानका कार्यक्रम समन्वयात्मक रूपमा गर्ने तथा दुवै संसदका सांसदलाई प्रशिक्षण दिने पनि प्रतिष्ठानको तयारी छ।