काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख दमननाथ ढुंगाना समाजवादी पार्टीको घोषणा सभामा अतिथि बनेका छन् । कांग्रेस नेता ढुंगाना स्टेजमै पुगेर आशन गरेका हुन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग समधुर ब्यक्तिगत सम्बन्ध रहेका ढुंगानाका सम्बन्धका कारण उनी घोषणासभामा पुगेकी हुन् या कांग्रेससँग सम्बन्ध बिच्छेद गर्दैछन् । त्यो भने खुल्न सकेको छैन । तर उनको उपस्थितिलाई भने अर्थपूर्णरुपमा हेरिएको छ ।
घोषणासभामा ढुंगाना समाजबादी पार्टी नेपालमा प्रवेश गर्ने हल्ला चलेपनि कार्यक्रमका उद्घोषक गंगा श्रेष्ठले पार्टी एकता घोषणा सभालाई शुभकामना दिन ढुंगानालाई मञ्चमा राखिएको बताएका छन् ।