४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

अमेरिका-इरानबीच बढ्यो खतरा, चेतावनी दिन अमेरिकाले युद्धपोत पठायो

अमेरिका-इरानबीच बढ्यो खतरा, चेतावनी दिन अमेरिकाले युद्धपोत पठायो
अ+ अ-

काडमाडौं । अमेरिकाले इरानलाई ‘स्पष्ट र सोझो सन्देश’ दिनका लागि मध्यपूर्वमा युद्धपोत सहितका लडाकू पानीजहाज पटठाएको छ । अमेरिकाका राष्ट्रिय सल्लाहकार जोन बोल्टनले ट्रम्प प्रशासनले यस्तो निर्णय ‘समस्या पुर्‍याउने खतरा, उक्साहटको संकेत र चेतावनीको जवाफ’ मा लिएको बताएका छन् ।

अमेरिकी सुरक्षाबलका सैन्य अड्डाडामा हमलाको आशंकाका कारणसमेत यो कदम चालिएको कतिपय अधिकारीहरुको गोप्य टिप्पणी छ । बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने समेत बताएका छन् ।

उनले एक विज्ञप्तीमा भनेका छन् “युएसएस अब्राहम लिङ्कन क्यारियर स्ट्राइक ग्रुप र त्यसको सहयोगी युद्ध समूहलाई युएस सेन्ट्रल कमाण्ड क्षेत्रमा इरानलाई अमेरिका वा अमेरिकाका समर्थक राष्ट्रहरूमाथिको कुनैपनि आक्रमण भएको अवस्थामा दरिलो प्रतिक्रमण दिने कुार स्पष्ट पार्न परिचालन गरेको हो । अमेरिकाले इरानसँग युद्ध चाहेको होइन। तर हामी कुनै पनि आक्रमणको अवस्थामा पूर्ण तयार छौँ ।”

परिचालन गरिएको सो पानीजहाज युरोपमा एप्रिलको अन्त्यदेखि युद्ध अभ्यास गरिरहेको छ। यतिबेला अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त अवस्थामा रहेको छ । सोही क्रममा यस्तो कदम चालिएकोले कतिपयले युद्दको आशंकासमेत गरेका छन् ।

फिनल्याण्डमा रहेका विदेशमन्त्री माइक पोम्पेओले चाहिँ अमेरिकाले इरानमा केही गतिविधि देखेको र त्यसले सम्भावित तनाव वृद्धिको सङ्केत गरेको बताएका छन् ।

अमेरिका र इरानबीचको तनाव

अमेरिका र अन्य राष्ट्रहरूले सन् २०१५ मा इरानसँग परमाणु सम्झौता गरेका थिए । इरानले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्ध कम गरिएको खण्डमा आफूले परमाणु गतिविधि कम गर्ने सहमति थियो ।

तर गत वर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो सम्झौताबाट हात झिकेका थिए। हालै एप्रिलमा ह्वाइट हाउसले इरानबाट तेल किनिरहेका पाँच राष्ट्र चीन, भारत, जापान, दक्षिण कोरिया र टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउन सक्ने किसिमको चेतावनी दिएको थियो ।

  • ट्रम्पको झोँक : इरानी सेनालाई आतङ्कवादी घोषणा, इरानले दियो उस्तै जवाफ
  • अमेरिकी चेतावनीका बाबजुद इरानले नयाँ सैन्य अभ्यास गर्ने

इरानी मुद्राको अहिलेसम्मकै ठूलो अवमूल्यन भएको छ। आर्थिक प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था निकै कमजोर बनेको छ । तर इरानले अमेरिकाले लगाएको प्रतिबन्धको जवाफ स्ट्रेट अफ होरमुज बन्द गरेर दिने चेतावनी दिएको छ। स्ट्रेट अफ होरमुज विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने समुन्द्री बाटो हो । यो बन्द भएका समस्या झन चर्किने छ ।