• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

अमेरिका-इरानबीच बढ्यो खतरा, चेतावनी दिन अमेरिकाले युद्धपोत पठायो



काडमाडौं । अमेरिकाले इरानलाई ‘स्पष्ट र सोझो सन्देश’ दिनका लागि मध्यपूर्वमा युद्धपोत सहितका लडाकू पानीजहाज पटठाएको छ । अमेरिकाका राष्ट्रिय सल्लाहकार जोन बोल्टनले ट्रम्प प्रशासनले यस्तो निर्णय ‘समस्या पुर्‍याउने खतरा, उक्साहटको संकेत र चेतावनीको जवाफ’ मा लिएको बताएका छन् ।

अमेरिकी सुरक्षाबलका सैन्य अड्डाडामा हमलाको आशंकाका कारणसमेत यो कदम चालिएको कतिपय अधिकारीहरुको गोप्य टिप्पणी छ । बोल्टनले अमेरिकाले कुनै पनि प्रकारको आक्रमणको प्रतिकार गर्ने समेत बताएका छन् ।

उनले एक विज्ञप्तीमा भनेका छन् “युएसएस अब्राहम लिङ्कन क्यारियर स्ट्राइक ग्रुप र त्यसको सहयोगी युद्ध समूहलाई युएस सेन्ट्रल कमाण्ड क्षेत्रमा इरानलाई अमेरिका वा अमेरिकाका समर्थक राष्ट्रहरूमाथिको कुनैपनि आक्रमण भएको अवस्थामा दरिलो प्रतिक्रमण दिने कुार स्पष्ट पार्न परिचालन गरेको हो । अमेरिकाले इरानसँग युद्ध चाहेको होइन। तर हामी कुनै पनि आक्रमणको अवस्थामा पूर्ण तयार छौँ ।”

परिचालन गरिएको सो पानीजहाज युरोपमा एप्रिलको अन्त्यदेखि युद्ध अभ्यास गरिरहेको छ। यतिबेला अमेरिका र इरानको सम्बन्ध तनावग्रस्त अवस्थामा रहेको छ । सोही क्रममा यस्तो कदम चालिएकोले कतिपयले युद्दको आशंकासमेत गरेका छन् ।

फिनल्याण्डमा रहेका विदेशमन्त्री माइक पोम्पेओले चाहिँ अमेरिकाले इरानमा केही गतिविधि देखेको र त्यसले सम्भावित तनाव वृद्धिको सङ्केत गरेको बताएका छन् ।

अमेरिका र इरानबीचको तनाव

अमेरिका र अन्य राष्ट्रहरूले सन् २०१५ मा इरानसँग परमाणु सम्झौता गरेका थिए । इरानले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्ध कम गरिएको खण्डमा आफूले परमाणु गतिविधि कम गर्ने सहमति थियो ।

तर गत वर्ष अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो सम्झौताबाट हात झिकेका थिए। हालै एप्रिलमा ह्वाइट हाउसले इरानबाट तेल किनिरहेका पाँच राष्ट्र चीन, भारत, जापान, दक्षिण कोरिया र टर्कीमाथि आर्थिक प्रतिबन्ध लगाउन सक्ने किसिमको चेतावनी दिएको थियो ।

  • ट्रम्पको झोँक : इरानी सेनालाई आतङ्कवादी घोषणा, इरानले दियो उस्तै जवाफ
  • अमेरिकी चेतावनीका बाबजुद इरानले नयाँ सैन्य अभ्यास गर्ने

इरानी मुद्राको अहिलेसम्मकै ठूलो अवमूल्यन भएको छ। आर्थिक प्रतिबन्धका कारण इरानको आर्थिक अवस्था निकै कमजोर बनेको छ । तर इरानले अमेरिकाले लगाएको प्रतिबन्धको जवाफ स्ट्रेट अफ होरमुज बन्द गरेर दिने चेतावनी दिएको छ। स्ट्रेट अफ होरमुज विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने समुन्द्री बाटो हो । यो बन्द भएका समस्या झन चर्किने छ ।