२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामान्य सुधारको कुरा गरेर मात्र देशले विकासमा छलाङ मार्न सक्दैन : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामान्य सुधारको कुरा गरेर मात्र देशले विकासमा छलाङ मार्न नसक्ने बताएका छन् ।

मंगलबार सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले देशमा रेल ल्याउने सपना सबैले देख्नुपर्ने र त्यसलाई साकार गर्न पनि थाल्नुपर्ने बताएका हुन् ।

प्रचण्डले नेपालमा विकास हुने कुरा असम्भव जस्तै सोच्ने गरेको इतिहास नेपालीको रहेको बताउँदै अब सबैले सपना देख्नुपर्ने बताए । ‘यस्तो पनि होला र भनेर सोच्ने हाम्रो विगत छ, अहिले यथार्थ बन्दै छ,’प्रचण्डले भने, ‘रेल आउला त ? अन्तर्राष्ट्रिय विमानस्थल बन्ला त ? भन्ने कताकता काल्पनिक कुरा, असम्भव कुरा, जनतालाई सपना मात्र देखाएको हो कि भन्ने लाग्ला ? यस्तै सपना देख्न पनि थाल्नुपर्छ र त्यसको साकार पार्नुपर्छ भन्ने म ठान्दछु ।’