३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीति तथा कार्यक्रम निबन्ध जस्तो : नेता सिंह



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री ओलीलाई ब्याग्य गर्दै सरकारले पेश गरेको नीति तथा कार्यक्रम कुनै विद्यालयको तेज विद्यार्थीले लेखेको निबन्ध जस्तो भएको बताएका छन् ।

मंगलबार सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संसदमा नेता सिंहले नीति तथा कार्यक्रमका नारा मात्रै सिमित भएको बताए ।

‘एउटा कुनै हाईस्कुलको तेज विद्यार्थीलाई कक्षामा देश बनाउनको लागि के के गर्नुपर्छ भनेर निबन्ध लेखे जस्तो सरकारको नीति कार्यक्रम आएको छ,’ उनले भने ।

प्रधानमन्त्री सवै विषयमा जानकार हुनुहुन्छ । नीति तथा कार्यक्रमका हरेक पानामा नारै नारामात्रै छन् । तर नारा राम्रा भएर मात्रै के गर्ने ?’ उनले प्रश्न गरे ।

काग्रेस नेता सिंहले ओली प्रधानमन्त्री भैसकेपछि काठमाडौँको धुलो नियन्त्रणको लागि संसदमा आएर माक्स लगाएको मान्छे देख्नपर्दैन भनेर बोलेको स्मरण गराउँदै भने, ‘प्रधानमन्त्री, मन्त्रीहरुले मात्रै माक्स फुकाए पनि जनताले फुकाल्न पाएका छैनन् ।’