काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो जोडेर भ्रामक प्रचार गर्ने प्रधाननाध्यापक पक्राउ परेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा रास्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फोटो बिगारे अपशब्द सहितको स्टाटस पोष्ट गर्ने मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।
अपराध महाशाखा निर्देशनपछि चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।