काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने सपना दिउँसै देख्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार नीति तथा बजेट माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैं निदाउदा खेरि देखिने सपनालाई सपना भनेर नबुझ्न आग्रह गर्दै आलोचना कुनै ठाउँ नभएर नीति कार्यक्रम भन्दै टुङ्गो लगाएको बताएका छन् ।
प्रधानमन्त्रीले भने प्रतिपक्षीले सामान्य कुरामा जोड दिएको भन्दै खन्यो पहाड निस्क्यो मुसो भने जस्तो भएको बताएका छन् । राष्ट्रपतिले भण्डारीले मेरो सरकार भनेको भन्दै टिप्पणी गर्नु मुर्खता भएको समेत उद्धघोष गरे ।