३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

खेलकूद छाडेर व्यावसायिक मौरीपालनमा

खेलकूद छाडेर व्यावसायिक मौरीपालनमा
अ+ अ-

कञ्चनपुर । इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित गरेका छन् । झण्डै एक दशकसम्म कुस्ती खेलमा प्रतिष्पर्धा गरेका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वैजनाथ टोलका नरेन्द्र खत्री पछिल्लो समय यहाँका सफल मौरीपालन व्यवसायी बनेका छन् । चार वर्षदेखि घरमै विदेशी जातको मौरी भित्र्याएर व्यावसायिक मौरीपालन थालेका ४३ वर्षीय खत्री खेल छाडेर कृषि व्यवसायमा आउँदा कुनै पछुतो नभएको बताउँछन् ।

‘देशका लागि खेलियो’, उनले भने, ‘कृषि व्यवसायबाट पनि देशलाई केही दिन सकिन्छ भनेर मौरीपालनमा लागेको हुँ ।’ खत्रीले अहिले ८० घार मौरी पालेका छन् । ‘मौरीपालनको आफ्नै तौरतरिका छन्, सोचेजस्तो सजिलो व्यवसाय भने होइन रहेछ’, खत्रीले भने । विसं २०५४ देखि २०६५ सम्म लगातार कुस्तीको राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएका खत्रीले २०६५ सालमा एक वर्ष करारमा कुस्ती प्रशिक्षक भएर खलाडी उत्पादनसमेत गरेका थिए ।

खेल प्रतिष्पर्धामा रहँदासम्म उनले राष्ट्रिय स्तरसम्म पदकविहीन हुनुपरेन । वि.सं २०४८ देखि खेलकूदमा सक्रिय खत्रीले २०७१ सालदेखि घरमा पाँच घार मौरी भित्र्याएर मौरीपालन शुरु गरेका थिए । ‘स्मृतिका गफले मात्रै देश अघि बढ्न सक्दैन’, उनले भने, ‘युवा पुस्तालाई कृषि व्यवसायमा लगाउन सक्नुपर्छ ।’

मौरीपालनसँगै मौरी उत्पादनमा समेत जोड दिएका खत्रीले रु ९० हजारभन्दा बढीमा मौरीका घारसमेत बिक्री गरेका छन् । ‘सानैदेखि मौरीप्रतिको मोहले यसतर्फ लागे’, उनले भने, ‘अहिले मौरीमालनमै दैनिकी चलिरहेको छ ।’ ‘मेलिफेरा’ जातको युरोपबाट भित्र्याएको मौरी खत्रीले पालेका छन् । मौरीपालनसम्बन्धी विभिन्न तालीमसमेत लिइसकेका खत्रीले मौरीपालनबारे आधुनिक र प्रविधिबारे कृषकलाई जानकारी न्यून भएको बताए ।

‘मौरीपालनमा लाग्ने कृषकलाई राज्यले प्रोत्साहन गरे यो फष्टाउन सक्छ ।’ उनले भने, ‘मह बिक्री गर्न बजारको समस्या छैन ।’ खत्रीले वार्षिक चार क्विन्टलदेखि पाँच क्विन्टलसम्म मह उत्पादन गरिरहेका छन् । ‘घरबाटै प्रतिकिलो रु ८०० का दरले मह धमाधम बिक्री हुँदैछ’, उनले भने, ‘मागअनुसारको मह पुर्याउन सकिएको छैन ।’

असोजदेखि जेठसम्म मह बनाउने उपयुक्त समय हो । मौरी चराउन जिल्लाभर लैजाने गरिएको छ । ‘अहिले केही घार मौरी जामुनको रुख भएको पिपरिया क्षेत्रमा लगेर राखेको छु’, खत्रीले भने, ‘चिउरीको मह सङ्कलन गर्न मौरीसहितको घार जोगबुढा लैजाने योजना छ ।’ खत्रीले मौरी चराउन जामुन, चिउरी, लिचीको बगैँचा, सिमलको रुख भएको चुरे क्षेत्रमा लैजाने गर्छन् ।

‘चराउन लैजाँदा बेलुकी मौरी प्याक गरेर राति नै गाडीमा लगिसक्नुपर्छ ।’ उनले भने, ‘मौरी घार भएको ठाउँबाट पाँच किलोमिटर टाढासम्म चरेर फर्किन्छ ।’ एउटा घारमा ३० हजारदेखि ९० हजार मौरीसम्म हुने उनी बताउँछन् । उनले स्थानीय तललगायत सम्बन्धित सरकारी निकायबाट मौरीपालन गर्न अनुदान पाएको बताए ।

‘गत वर्ष भीमदत्तनगरपालिकाले मौरीपालनतफर्ल प्रोत्साहन गर्न रु चार लाख ५० हजार दिएको थियो’, खत्रीले भने, ‘त्यसअघि जिल्ला कृषि कार्यालयबाट पनि रु ३० हजार अनुदान पाएको थिए ।’ मह विभिन्न औषधिका रुपमा प्रयोग हुन्छ । यो मानव स्वास्थ्यका लागि निकै फाइदाजनक छ । ‘मौरीको विष पनि हितकारी नै हुन्छ’, उनले भने, ‘वातावरणीय प्रर्यावरणमा पनि मौरीको भूमिका अहम् रहन्छ ।’ रु दश लाखको लागतमा मौरीपालन थालेका खत्रीले मौरीपालनबाट खासै नोक्सानी नभएको बताए ।