२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलाह र फिर्मिनोबिना बार्सिलोनाविरुद्ध लिभरपुल दबाबमा



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लिगमा आज राती बार्सिलोना र लिभरपुल खेल्दै छन् । लिभरपुलको घरेलु मैदानमा हुने यो खेल नेपाल समय अनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुदै छ ।

गत साता पहिलो लिगमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा लिभरपुललाई ३(० गोल अन्तरले पराजित गरेको थियो । जसमा लियोनेल मेसीले २ गोल गरेका थिए भने लुइस स्वरेजले एक गोल गरेका थिए ।

अब च्याम्पियन्स लिगको फाइनलमा पुग्न अब लिभरपुलले कम्तिमा ४ गोल अन्तरले बार्सिलोनालाई पराजित गर्नु पर्ने छ भने बार्सिलोनाले २ गोलको अन्तरमा पराजित भएपनि बार्सिलोना फाइनलमा पुग्ने छ ।

दुवै टिमको अहिलेको अवस्था हेर्दा लिभरपुलका प्रमुख दुई फरवार्ड यस खेलमा नखेल्ने भएका छन् । इन्जुरीका कारण मोहमद सलाह र रोबर्टो फिर्मिनो यस खेलमा नखेल्ने भएका हुन् । त्यस्तै बार्सिलोनाका उसमान डेम्बेलेपनि लिभरपुलविरुद्ध खेल्ने छैनन् ।

यसरी हेर्दा लिभरपुललाई बार्सिलोनामाथि जित हासिल गर्न मुश्किल पर्ने देखिन्छ । पहिलो लिगमा नै धेरै गोल खाएको लिभरपुल अब बार्सिलोनाविरुद्ध ४ गोल गरेर फाइनल पुग्न लगभग असम्भव जस्तै देखिएको छ ।

लिभरपुलको प्रमुख चुनौती लियोनेल मेसीलाई रोक्ने नै रहेको देखिन्छ । मेसीले यस सिजनमा च्याम्पियन्स लिगमा १२ गोल गरेका छन् भने ३ गोल असिस्ट गरेका छन् ।

लिभरपुलका म्यानेजर जर्गन क्लोपले बार्सिलोनाविरुद्धको खेल बारे चर्चा गर्दै उनले हाम्रो अगाडी गोल गरेर जित्ने मात्र होइन बार्सिलोनालाई गोल गर्न नदिने चुनौती समेत रहेको बताए ।

उनले भनेका छन्, ुविश्वका दुई उत्कृष्ट स्ट्राइकर बार्सिलोनाविरुद्ध उपलब्ध छैनन् र हामीले बार्सिलोनाविरुद्ध ४ गोल गर्नुपर्ने छ, जुन सजिलो काम होइन तर हामीले कोशिश गर्ने छौ ।ु

सलाह र फिर्मिनोको अनुपश्थितिमा लिभरपुलको फरवार्डको बागडोर साडियो मानेको जिम्मामा रहेको छ ।

बार्सिलोनाका म्यानेजर इर्नेस्टो भालभेर्डोले आफुहरुले खेललाई नियन्त्रण गर्ने प्रयास गर्ने बताउदै पहिलो लिग आफुहरुले फाइनल भनेर खेलेको बताए । लिभरपुल आफ्ना फ्यानहरुको अगाडी खेल्ने हुदा उनीहरु बलियोरुपमा प्रस्तुत हुने बताए ।

लिभरपुल च्याम्पियन्स लिगका खेलमा आफ्नो घरेलु मैदानमा पछिल्लो १३ खेलमा अपराजित रहेको आँकडा रहेको छ भने बार्सिलोनाले पछिल्ला १० अवे खेलमा एक खेलमा पराजित भएको छ ।

यस खेलका विजेताले टोटनह्याम र अयाक्सबीचको विजेतासँग च्याम्पियन्स लिगको फाइनल खेल्ने छ ।