३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

घरेलुु मैदानमा ‘दादागिरी’: लिभरपुलसँग बार्सिलोना फराकिलो गोल अन्तरले पराजित

घरेलुु मैदानमा ‘दादागिरी’: लिभरपुलसँग बार्सिलोना फराकिलो गोल अन्तरले पराजित
अ+ अ-

काठमाडौँ । लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोनाविरुद्ध अपत्यारिलो ४-० को जित निकाल्दै समग्रमा ४-३ ले विजयी हुदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

बार्सिलोनाविरुद्ध महत्वपूर्ण जित निकाल्ने क्रममा डिभोक ओरिगी र जिओर्जीनिओ विजनालडमले २-२ गोल गरेका थिए ।

आफ्ना प्रमुख दुई खेलाडी मोहमद सलाह र रोबर्टो फिर्मिनो बिना खेलेको लिभरपुलले आफ्नो घरेलु मैदानमा उत्कृष्ट फुटबल खेल्दै प्रतियोगितामा कमव्यक गरेको हो । पहिलो हाफको सुरुवाती सात मिनेटमा नै ओरिगीले पहिलो गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा तीन गोल थपेको थियो । दोस्रो हाफमा सब्सटिच्युटको रुपमा मैदानमा आएका विजनालडमले खेलको ५४ र ५६ मिनेटमा गोल गरेपछि लिभरपुल ३-० ले अगाडी भएको थियो । त्यसपछि ओरिगीले खेलको ७९औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारेका थिए ।

योसँगै लिभरपुल लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । लिभरपुल योसँगै युरोपियन प्रतियोगिताको नवौ पटक फाइनलमा पुगेको हो । लिभरपुल लगातार च्याम्पियन्स लिगको फाइनलमा पुग्ने दोस्रो प्रिमियर लिग क्लब समेत बनेको छ । यसअघि म्यानचेस्टर युनाइटेड सन् २००८ र २००९ मा लगातार फाइनलमा पुगेको थियो ।

लिभरपुलसँगको पीडादायी हारपछि बार्सिलोना पछिल्लो ४ च्याम्पियन्स लिगमा तीन पटक सेमिफाइनलबाट बाहिरिएको छ ।

अब लिभरपुलले टोटनह्याम र अयाक्सबीचको खेलका विजेतासँग यस बर्षको च्याम्पियन्स लिग फाइनल खेल्ने छ ।